काठमाडौं । नेपाल पौडी संघका निवर्तमान अध्यक्ष अशोकरत्न बज्राचार्यले नयाँ निर्वाचित टिमलाई बरबुझारथ नगर्दा विश्व पौडी महासंघले दिँदै आएको झण्डै ४० लाख वार्षिक अनुदान कटौती हुँदैछ । नेपाल पौडी संघलाई वार्षिक ३० हजार डलर दिँदै आइरहेको वल्र्ड अक्वाटिक्सले संघमा देखिएको विवादको कारण देखाउँदै चेतावनीपूर्ण पत्र पठाएको हो ।
गत २०८१ वैशाख ८ गते सम्पन्न नेपाल पौडी संघको पाँचाँै साधारणसभाबाट निर्वाचित टिमलाई बज्राचार्यले बरबुझारथ गर्नुभएको छैन । उक्त अधिवेशनले निवर्तमान महासचिव जगत्मान श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो ।
वल्र्ड अक्वाटिक्सको विधानअनुसार निवर्तमान अध्यक्ष र निर्वाचित अध्यक्षको संयुक्त दस्तखत प्राप्त भएपछि मात्र निर्वाचनलाई वैधानिकता दिने प्रावधानअनुसार बज्राचार्यले उक्त हस्ताक्षर गर्न नमानेपछि यो समस्या आएको हो । नेपाल पौडी संघको पाँचौँ साधारणसभा बज्राचार्यकै अध्यक्षता, राष्ट्रिय खेलकुद परिषदको स्वीकृति तथा नेपाल ओलम्पिक कमिटीको रोहबरमा सम्पन्न भएको थियो ।
साधारणसभाको बन्दसत्र सकिएपछि निर्वाचन प्रक्रियामा भाग नलिनुभएका बज्राचार्यले कुनियतका साथ आफू पुनः अध्यक्षमा निर्वाचित नहुने देखेपछि निर्वाचन छाड्नुभएको थियो । ‘सुरुमा त उहाँले हस्ताक्षर गर्छु मलाई आजीवन मानार्थ अध्यक्ष दिनुस् भन्नुभयो, त्यसपछि उहाँलाई मानार्थ अध्यक्षको पत्र पनि दियौँ तर अहिले हामीले पटक-पटक मौखिक तथा लिखित रूपमा आग्रह गर्दा पनि उहाँ हस्ताक्षर गर्दिन भन्नुहुन्छ,’ एक पदाधिकारीले बताए । ‘उहाँसँग नैतिकता र पौडी खेलको माया भए उहाँले बरबुझारथ गरी समस्या समाधान गर्नुपर्छ,’ नवनिर्वाचित महासचिव ईश्वर कार्की भन्नुहुन्छ ।
निर्वाचन सम्पन्न प्रतिवेदनसहित उक्त बरबुझारथ कागजात पठाएको भए विश्व पौडी महासंघले मान्यता दिन्थ्यो तर अहिले त्यो नहुँदा नयाँ समितिलाई मान्यता दिएको छैन । बेलैमा समस्या समाधान नभए वार्षिक ४० लाख अनुदानमात्र होइन नेपाल वल्र्ड अक्वाटिक्सको सदस्यमा पनि नरहने निश्चित जस्तै छ । यदि त्यसो भएमा नेपालमा पौडी खेलको विकासमा अन्धकार सिर्जना हुनेछ ।
हाल वाइल्ड कार्डमार्फत् ओलम्पिकमा सहभागी हुँदै आएका खेलाडीले अब उपरान्त सहभागी हुन पाउने छैनन् । वैदेशिक सहभागिता बन्द हुनेछ भने नेपाली पौडी खेलाडीको भविष्य अनिश्चित हुनेमा दुईमत छैन । ‘संघमा भएको समस्याका बारेमा नियामक निकायहरू राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीलाई पत्रमार्फत् नै जानकारी गराएका छौँ तर उहाँहरू सुने नसुनेझैँ गरिराख्नुभएको छ,’ संघका प्रवक्ता उमेश प्रधान बताउनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच