
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका (तीज) पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आज प्रधानमन्त्री ओलीले दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभएको छ, “तपाईँहरूको तीज रमाइलो रहोस्, स्वास्थ्य राम्रो रहोस्, तीजको शुभकामना !”
प्रधानमन्त्री ओलीले आज देशैभर तीजको रौनक रहेको सन्दर्भ र आफ्नो बाल्यकालमा तीजमा रमाएको स्मरणसमेत गर्नुभएको छ ।
“बाल्यकालमा तीजमा आमा तथा दिदीबहिनीहरू जम्मा भएर रमाएको आफूलाई खुब मन पथ्र्यो । यातायात र सञ्चार साधन नभएको त्यस समयमा दिदीबहिनी भेट हुने अवसर नै तीजमात्र थियो । त्यसबेला तीज सकिएपछि हामी केटाकेटीहरू दसैँं आउने दिन गन्न थाल्थ्यौँ”, उहाँले स्मरण गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच