काठमाडौं । चलचित्र ‘ज्ञान शास्त्र’ निर्माण हुनेभएको छ । दिवस फिल्म प्रोडक्सनको व्यानरमा शिक्षा क्षेत्रमा भएका विभिन्न समस्या र राजनीतिले पारेको प्रभावलाईलाई उजागर गर्ने उद्देश्यले बन्न लागेको यस चलचित्रलाई कलाकार तथा निर्देशक दिनेश कुँवरले निर्देशन गर्न लाग्नुभएको हो ।
विकास बराल र प्रेमबहादुर श्रेष्ठको संयुक्त लगानीमा निर्माण हुनलागेको यो चलचित्रमा नायक समिर खान र नायिकाद्वय स्मारिका ढकाल तथा पूर्णिमा थापाको प्रमुख भूमिका रहने बताइएको छ । स्मारिका यो चलचित्रबाट सिने क्षेत्रमा प्रवेश गर्न लाग्नुभएको हो । टिकटक हुँदै चर्चामा आउनुभएकी स्मारिका पछिल्लो समय मोडलिङको क्षेत्रमा चर्चित हुनुहुन्छ । यस्तै, चलचित्रको मुख्य कलाकारमा सुशील पोख्रेल, सुरवीर पण्डीत, सुवास गजुरेल, श्याम राई, रविन्द्र झा, नरेश पौड्याललगायत रहनुभएको छ ।
त्यसैगरी अन्य कलाकारमा अनुज गुप्ता, ममता पौडेल, दीपक अधिकारी, मौसम खड्का, अनिल खड्का, रोहीनी उप्रेती, मुस्कान काप्री, किशोर दुवाडी, आयुस श्रेष्ठ, आकृति श्रेष्ठ, युवराज कार्की, चन्द्र ज्योती ढुंगाना रहनुभएको छ । त्यसैगरी बालाकलाकारको भूमिका दिवशसिंह कुंवर, अस्मी साही र इमाश्री खत्री देखिनुहुनेछ ।
आभास रानाको लेखेन रहेको यस चलचित्रको निर्माण नियन्त्रकको रूपमा भोला सुवेदी (प्रणब) रहनुहुनेछ भने मुख्य सहायक निर्देशकमा बिनयराज पौडेल हुनुहुन्छ । त्यसैगरी कृष्ण भण्डारी शर्माको शब्द रहेको यस चलचित्रको गीतमा संगीत शिव के परियार भर्नुहुनेछ ।
चलचित्रको छायांकन चितवनका ग्रामीण तथा शहरीक्षेत्रमा गरिने तथा दशैँअगाडि छायांकन सक्ने लक्ष्य रहेको निर्देशक कुँवरले जानकरी गराउनुभयो । चलचित्रलाई विष्णु परियारले छायांकन गर्दै हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच