काठमाडाैं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले मुलुकभित्रै इथानोल उत्पादनको वातावरण बनाउने बताउनुभएको छ ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमवार राजधानीमा आयोजना गरेका ‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको वृहत बहस’ कार्यक्रममा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले इथानोल उत्पादनको लागि विदेशी लगानीमा समेत इथानोल उत्पादन गर्ने धेरै प्रस्तावहरु आएको भन्दै कसरी उत्पादन गर्ने विषयमा सबै सरोकारवाला निकायहरुसँगको सहकार्यमा निचोड निकाल्ने उल्लेख गर्नुभयो ।
उहाँले चिनी उत्पादक संघबाट मात्रै सम्भव छ वा अन्यबाट पनि गर्न सकिन्छ त्यसको अध्ययन गर्ने जानकारी दिनुभयो । मन्त्री भण्डारीले इथानोल मिश्रण सरकारको विशेष प्राथमिकतामा रहेको भन्दै प्रतिकुल वातावरणमा पनि अगाडि बढाउन तयार रहेको बताउनु भयो । उहाँले नेपाललाई वार्षिक आवश्यक चिनी ३ लाख मेट्रिक टन आवश्यक रहेको भन्दै त्यसमा १ लाख ८० हजार मेट्रिक टन आयात भइरहेको बताउनु भयो ।
उहाँले १ लाख ८० हजार मेट्रिक टन आयात हुँदा पनि बजारमा अभाव रहेको भन्दै इथानोलमा पनि यही नियति नेपाल आयल निगमले भोग्नुपर्ने अवस्था देखिएको बताउनु भयो । उहाँले आयात गरेर इथानोल बनाउँदा उपभोक्तामा जाँदा सहज मूल्य हुनुपर्ने बताउनु भयो । उहाँले १० हजार मेट्रिकटन इथानोल नबनाउँदा आइरहेको भन्दै करिव १ अर्बको आसपासमा आयात भइरहेको बताउनु भयो । उहाँले आयातलाई २० प्रतिशत कम गरी आयात प्रतिस्थापन हुने बताउनु भयो । उहाँले पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नियमावली बनिसकेको बताउनु भयो ।
उहाँले आगामी एक महिनाभित्र मूल्य निर्धारण लगायतका काम टुंग्याउने प्रतिवद्धता जनाउनु भयो । उहाँले इथानोल उत्पादनले दैनिक २ लाख किलोलिटर पेट्रोलियम पदार्थको खपत कम गर्ने स्थिति रहेको भन्दै सरकारले आयाल निगमलाई आवश्यक नीतिगत व्यवस्थासँगै निर्देशन गरिसकेको समेत उनले बताए । इथानोल उत्पादनमा जाँदा पेट्रोलियम पदार्थको खपत घट्नुका साथै स्वदेशमा नै रोजगारीको सिर्जनामा समेत सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,‘नेपाललाई वार्षिक आवश्यक चिनी ३ लाख मेट्रिकटन आवश्यक पर्छ । पछिल्लो १ लाख ८० हजार मेट्रिक टन आयात भएको छ । तर पनि बजारमा अभाव छ । भोलि यही नियति नेपाल आयल निगमले भोग्ने होइन । नेपालमा अमेरिका वा अन्य देशबाट आयात हुने मकै १० हजार मेट्रिकटन आउँछ । आयात गरेर हामीले इथानोल बनाउने हो । त्यसपछि उपभोक्तामा जाँदा त्यसको मूल्य कति हुने ? १० हजार मेट्रिकटन इथानोल नबनाउँदा आइरहेको छ । करिव १ अर्बको आसपासमा आयात भइरहेको छ । इथानोल बनाउने हो भने त्यसको दोब्बर बढी ल्याउनु पर्ला । हामीसँग उत्पादन छैन । आयातलाई २० प्रतिशत कम गर्नसक्ने तहमा छौं । हाम्रो उत्पादन छ । हामी आयात प्रतिस्थापन गर्दैछौं । २० प्रतिशत योगदान गर्छौं । उत्पादन गर्छौं भन्ने तहमा छौं भने मन्त्रालयको विशेष प्राथमिकतामा रहेको इथानोल मिश्रणको विषयमा मन्त्रालय सहमत छ । विनियमावली बनि सकेको छ । मूल्य तोक्न बाँकी छ । त्यो पनि एक महिनाभित्र टुग्याउँछौं । त्यसपछि हाम्रो उत्पादनसँग १० प्रतिशतमा जाने हो भने २ लाख प्रत्येक दिनको लागि हामीसँग छैन। सरकारको प्राथमिकतामा रहेको कार्यक्रम प्रतिकुलतामा भएपनि शुरु गर्न चाहन्छौं । मूल्य हामी चाँडै तोक्छौ । यो एक महिनाभित्र सरकारले नीतिगत रुपमा टुग्याउने पर्ने विषयहरुलाई टुग्याउँछौं । वैदेशिक लगानीमा इथानोल उत्पादन गर्ने प्रश्तावहरु मन्त्रालयमा आएका छन् । कसरी उत्पादन गर्ने चिनी उत्पादक संघले मात्रै सम्भव छ ।’
उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले इथानोल उत्पादनमा जाँदा पेट्रोलियम पदार्थको खपत घट्नुका साथै स्वदेशमा नै रोजगारीको सिर्जना हुने बताउनु भयो । उहाँले इथानोल उत्पादनले मुलुकको कृषि क्षेत्रमा फाइदा हुने बताउनु भयो । उहाँले मुलुकमा जलविद्युत उत्पादनको ठूलो सम्भावना भएपनि तत्काल आवश्यकता अनुसार उत्पादन गर्न नसक्ने भन्दै वातावरणमा पनि राम्रो हुने बताउनु भयो । उहाँले १० प्रतिशतसम्म इथानोल प्रयोग गर्दा सवारी साधनको इन्जिन पनि परिवर्तन गर्न नपर्ने अवस्था रहेको बताउनु भयो ।
नेपाल आयाल निगमका प्रमुख कार्यकारी अधिकृत डा.चण्डिकाप्रसाद भट्टले इथानोल उत्पादन र प्रयोग हुँदा इन्धनको खपत घट्ने बताउनु भयो । उहाँले इथानोलको प्रयोगले दैनिक ४ लाख किलोलिटर इन्धनको खपत घटाउन सहयोग पुग्ने बताउनु भयो । उहाँले सरकार इथानोल उत्पादन र प्रयोगमा निकै अघि बढिसकेको बताउँदै पेट्रोलियम पदार्थमा इथानोल मिश्रणका लागि २०६० सालमा नै योजना बनेपनि विविध कारणले विलम्व हुन गएको बताउनु भयो । उहाँले यसलाई कार्यान्वयनमा लैजाने पहल भइरहेको र केही महिनामै उत्पादन शुरु हुने पनि बताउनु भयो ।
उहाँले इथानोल उत्पादन र प्रयोगको सन्दर्भमा प्रस्तावसँगै कार्यविधि पनि बनाउनुपर्ने भएकाले उद्योग विभागले कार्यविधिका लागि स्वीकृति दिइसकेको बताउनु भयो । उहाँले इथानोलको प्रयोगले दैनिक ४ लाख किलोलिटर इन्धनको खपत घटाउन सहयोग पुग्ने बताउनु भयो । इथानोल उत्पादनमा धेरै उद्योगहरु तयार रहेकोमा २५ देखि ३० लाख रुपैयाँ लगानीमा नै इथानोल उत्पादनको प्लान्ट निर्माण गर्न सकिने बताउँदै उनले वार्षिक उत्पादन परिमाण, खपत र मूल्यमा भने ख्याल गर्नुपर्ने उल्लेख गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच