ताप्लेजुङ । ताप्लेजुङ गोल्डकप-२०८१ को आयव्यय सार्वजनिक गरिएको छ । आयोजकले लाखेजात्रा सञ्चालन समितिको कार्यालयमा पत्रकार सम्मेलन गरी बुधबार प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । गोल्डकपले यसपटक ५५ लाख ६४ हजार १२९ रुपैयाँ आम्दानी गर्दा ७३ लाख २० हजार ७४८ रुपैयाँ खर्च भएको कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगिता सञ्चालनको १७ लाख ५६ हजार ६१९ रुपैयाँ तिर्न बाँकी छ । त्यो रकम स्थानीय तह, हाइड्रोपावर कम्पनी, संघसंस्था तथा बाँस बिक्रीमार्फत् संकलित आम्दानीबाट तिर्ने योजना रहेको आयोजकले जनाएको छ ।
फुङलिङ नगरपालिकाले पाँच लाख सहयोग गरेको छ भने मेरिङदेन र मैवाखोला गाउँपालिकाले एक-एक लाखका दरले सहयोग गर्ने निर्णय गरेका छन् । अन्य पालिकाहरूले पनि सहयोगको प्रतिबद्धता जनाएका छन् । जिल्ला समन्वय समितिले ५० हजार सहयोग गर्ने निर्णय गरेको छ भने स्पार्क हाइड्रोपावर, पाथीभरा केबलकार र सानिमा मध्यतमोर हाइड्रोपावरलगायतका संस्थाबाट रकम उठ्न बाँकी रहेको आयोजकले जनाएको छ ।
खेल अवधिभर टिकट बिक्रीबाट २३ लाख ७६ हजार छ सय र विभिन्न संघसंस्था तथा व्यक्तिबाट ३१ लाख ८७ हजार ५२९ संकलन गरिएको छ । यस रकमले प्रतियोगिताको पुरस्कार वितरण, खेलमैदान तयारी, स्टेज व्यवस्थापन, ट्रफी, मेडल, टिम व्यवस्थापनलगायत विभिन्न खर्च धानिएको छ ।
पूर्वखेलाडीहरूको सम्मान, रेफ्री र अफिसियल व्यवस्थापन, यातायात, मिडिया, मेडिकल तथा खाजा खर्चलगायतका विभिन्न शीर्षकमा पनि उल्लेखनीय खर्च भएको छ । साथै लाखेजात्रा सञ्चालन समितिले पाँच लाख ८८ हजार ८१० को अचल सम्पत्ति जोडेको छ र १८ लाख ५० हजार बैंक खातामा राखेको छ । त्यसलाई आगामी योजनाका लागि सुरक्षित गरिएको कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच