
काठमाडौं । सहकारी ठगी प्रकरण छानबिन गर्न गठन गरिएको संसदीय छानबिन विशेष समितिले कांग्रेसका उपसभापति धनराज गुरुङ मुछिएको मितेरी सहकारीको स्थलगत निरीक्षण गरको छ ।
समितिका सभापति सूर्य थापासहित सबै सदस्यले सहकारीको स्थलगत निरीक्षण गरेर जानकारी लिनुभएको छ । त्यसक्रममा समितिले सहकारीका अध्यक्ष कुम्भराज गुरुङसँग धनराज दम्पती जोडिएको १५ करोड बचत हिनामिनाबारे सोधपुछ गरेको थियो ।
श्रीमतीसँग डिभोर्स भएको भनिए पनि श्रीमतीको नाममा रहेको ऋण धनराज गुरुङ आफैले पटक–पटक आएर तिरेको सहकारीका अध्यक्ष गुरूङले समितिलाई बताउनुभएको थियो । एक महिनाअघि मात्रै आएर धनराजले ऋणको पैसा तिरेको बताउँदै कुम्भराजले कागजीरूपमा मात्र डिभोर्स भएको बताउनुभएको छ ।
यसअघि समितमै बोलाएर पनि कुम्भराजको बयान लिइएको थियो । त्यसक्रममा उहाँले तत्कालीन महाप्रबन्धक ज्योति गुरुङले गरेको रकम हिनामिना र त्यसपछि धनराज आफैँ सञ्चालक समिति बैठकमा बसेर रकम फिर्ता गर्ने सम्झौता गरेको समितिलाई जानकारी गराउनुभएको थियो ।
धनराज गुरुङले भने २०७६ सालमै ज्योतिसँग सम्बन्धविच्छेद भइसकेको र पूर्व श्रीमती ज्योतिले गरेको सहकारी बचत हिनामिनासँग आफ्नो सम्बन्ध नरहेको बताउँदै आउनुभएको छ । आफू सहकारीको साधारण सदस्य रहेको र साधारण सदस्यकै रुपमा आफूले ऋण लिएको उहाँको दाबी छ । बाँकी रकम ज्योतिसँगको बारेमा आफूलाई थाहा नभएको उहाँले बताउँदै आउनु भएको छ ।
आफ्नो प्रतिवेदन बुझाउने अन्तिम तयारीमा रहेको समितिले बिहीबार कार्यविधिबमोजिम निर्णय गरी ३ वटा सरकारी निकाय र १३ वटा सहकारी संस्थाहरूको स्थलगत निरीक्षण गरेको सभापति थापाले जानकारी दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच