रुखबाट लडेर पत्रकार पोख्रेलको मृत्यु

Read Time = 1 min

-चन्द्रकान्त खनाल
रुपन्देही । गुल्मीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एकजनाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका ४ जैसिथोक निवासी ३४ वर्षीय राजु भनेर चिनिने घनश्याम पोख्रेलको मंगलबार मृत्यु भएको हो ।

पोखरेल आफ्नै घरभन्दा केही तल दिउँसो २ बजे आँपको रूखबाट लडेका थिए । उनलाई उपचारका लागि गुल्मी अस्पतालमा ल्याएपनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिनुभयो ।

पोख्रेल पेशाले पत्रकार थिए। उनी नवलपरासीस्थित रेडियो दौतरीका स्टेसन म्यानेज र प्रेस सेन्टर नवलपरासीका अध्यक्ष हुन् । भेटघाटका लागि पाँच दिनअघि पोख्रल घर आएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?