हेटौंडा। रगतबिना जीवनको परिकल्पना गर्न सकि“दैन । आकस्मिक कारण अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो । कुनै पनि बेला जोसुकैलाई रगत चाहिन सक्छ । स्वेच्छाले रगत दान गर्नुलाई रक्तदान भनिन्छ । रक्तदान गरिसकेपछि दान गर्ने व्यक्तिले आत्मसन्तुष्टि प्राप्त गर्दछ ।
नेपालमा २००० सालदेखि रक्तदान कार्य सुरुवात भएको इतिहास छ । समाजसेवी दयावीरसिंह कंसाकार नेपालका प्रथम रक्तदाता गर्नुभएको हो । उहाँले २००० मा रक्तदान गरी 'रक्तदान-जीवनदान’ अभियान सुरु गर्नुभएको थियो । तत्कालीन राजा महेन्द्रले समेत रक्तदान गरी अभियानको आवश्यकताको जानकारी दिनुभएको थियो ।
नेपालमा बर्सेनी करिब तीन लाख युनिट रगत चाहिन्छ । तर, जहिल्यै अभावको समाचार आइरहेका हुन्छन् । अधिक रक्तस्रावका बिरामी, प्रसूति, मुटु, मस्तिष्कलगायत शल्यक्रिया र दुर्घटनामा परेकालाई बचाउन रगत अनिवार्य हुन्छ । थालासेमिया, ल्युकेमिया लगायत रक्त क्यान्सर, हेमोफिलिया र रक्तअल्पता जस्ता समस्यामा तारन्तार रगत चाहिरहन्छ ।
जटिल खालको शल्यक्रिया बढिरहेको नेपालमा रगतको अभाव हुँदा अपरेसन नै सारिरहनुपर्ने अवस्था छ । सडक दुर्घटना पनि अचाक्ली बढेका छन् । बाढी, पहिरो र भुकम्पको समस्या तथा अनिच्छित गर्भधारण, गर्भपतन र सिजेरियन अपरेसन पनि पहिलेको तुलनामा बढेको छ । यी सबै अवस्थाले रगतको माग आकाशिएको छ ।
ब्लड बैंकहरुले पनि आवश्यक मात्रामा सेवाग्राहीलाई रगत उपलब्ध गराउन सकिरहेका छैनन् । केही संघसंस्थाले जन्मोत्सव तथा विभिन्न कार्यक्रमको अवसर पारेर संकलन गरेको रगतले हालको मागलाई धान्न सकिरहेको छैन । योग्य व्यक्तिले पनि रक्तदान नगर्ने प्रवृत्तिले गर्दा देशमा रगतको संकट भएको छ ।
पुरुषमा प्रतिकेजी ७६ मिलिलिटर र महिलामा प्रतिकेजी ६६ मिलिलिटर रगत हुन्छ । तर, हरेक मानिसलाई प्रतिकेजी ५० मिलिलिटर रगत भए पर्याप्त हुन्छ । यस्ता विषयमा पर्याप्त ज्ञान दिलाउन सके पक्कै पनि रक्तदाताहरुको संख्या वृद्धि हुनसक्ने कुरामा नेपाल स्वयम्सेवी रक्तदान समाज हेटौंडा नगर समितिको प्रथम साधारणसभामा बताइयो ।
नेपाल स्वयम्सेवी रक्तदान समाज नगर अध्यक्ष पूणर्प्रसाद अर्यालको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका(४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा प्रमुख अतिथि सिग्देलले परिवार भन्दा माथि उठेर संसारका लागि गरिने सेवाको काममा लागेकोप्रति समितिलाई धन्यबाद दिँदै जनप्रतिनिधिको पनि यसमा भूमिका रहनुपर्ने बताउनुभयो । स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा लगानी नगरेको भन्दै मानवजीवन लक्षित कार्यक्रम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
अठार वर्ष पूरा भइ ६० वर्षसम्मका स्वस्थ्य नागरिकबाट स्वस्फूर्त निःशुल्क दान गरेको रगत बिरामीरलाभग्राहीसम्म सहज तवरले उपलब्ध होस् भन्ने हेतुले हेटौंडामा संस्था खोलिएको अध्यक्ष अर्यालले बताउनुभयो । संस्थाले रक्तदाता र नेपाल रेडक्रस सोसाइटी (ब्लड बैंक) सँग समन्वय गरी रगत अभाव भएका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने प्रयास गरिरहेको र सामाजिक क्षेत्रमा हालसम्म विभिन्न काम गरिसकेको उहाँले । कार्यक्रममा हेटौंडा अस्पतालकी डा। प्रेरणा बर्तौलालाई सामाजिक क्षत्रमा अगाडि बढ्न प्रेरणास्वरुप सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल स्वयम्सेवी रक्तदान समाज नगर कोषाध्यक्ष सानोकाजी बस्ताकोटी र सचिव राजेश वाग्लेले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका-१ नम्बर वडा अध्यक्ष सबिन न्यौपाने, बालरोग विशेषज्ञ डा. हरि खड्का, मानवअधिकारकर्मी सशर्मला श्रेष्ठ, रोट्र्याक्ट क्लब अफ मकवानपुर अध्यक्ष सिर्जना लामिछाने, नेपाल हृदयरोग प्रतिष्ठानका विजय वैद्यलगायतको उपस्थिति थियो । २०८० माघ १३ गते नगर कार्यसमिति गठन गरेको समाजले विभिन्न सामाजिक काम गरिसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच