काठमाडौं । नेपाल पर्यटन केन्द्रीय सहकारी संघको अध्यक्षमा चन्द्र रिजाल निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न संघको ११औँ वार्षिक साधारणसभाले रिजालको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
रिजाल ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष र नेपाल पर्यटन बोर्डका पूर्वउपाध्यक्ष हुनुहुुन्छ । उपाध्यक्षमा टिकाराम भट्टराई, महासचिवमा तेजबहादुर बोहोरा, सचिवमा ज्ञानमणि न्यौपाने र कोषाध्यक्षमा तेजबहादुर खड्का रहेका छन् ।
सदस्यमा रूपेश तिमल्सिना, विकेशकुमार श्रेष्ठ, हरिशरण गिरी, प्रमोद घिमिरे, चित्रकुमार श्रेष्ठ, बेबीराज भण्डारी, नेप्लुमाया भट्ट जिरेल, नरबहादुर महतो, शम्भुप्रसाद शर्मा र जगबहादुर शाह रहेका छन् भने लेखा समिति संयोजकमा बुद्धिमान विश्वकर्मा तथा सदस्यमा अर्जुन नेपाल र राजन रिमाल चयन रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच