भोजपुर । पहाडी जिल्ला भोजपुरमा आगामी असोज दुई गतेबाट संचालन हुने अण्डर–१६ अन्तर विद्यालय स्तरीय बिहानी कप पुरुष फुटबल प्रतियोगितामा १४ विद्यालयले सहभागिता जनाउने भएका छन् । दोश्रो संस्करणको रुपमा हुने प्रतियोगिताको टिम र तालिका सोमवार सार्वजनिक गरिएको छ ।
बिहानी फुटवल क्लव भोजपुरको आयोजना तथा जिल्ला फुटवल संघको संयोजनमा बिद्यालय स्तरीय प्रतियोगिता हुन लागेको क्लवका अध्यक्ष रिपेश भुजेलले जानकारी दिनुभयो । आयोजक संस्थाले सोमवार टिम सहितको खेल तालिका सार्वजनिक गरेको छ । प्रतियोगितामा ग्रुप ए तर्फ चण्डेश्वरी मावि नागी, सगरमाथा बोडिङ स्कुल भोजपुर, पञ्चकन्या मावि बोखिम, जनकल्याण मावि आम्तेक, जनसेवा आवि भोजपुर, बिद्योदय मावि भोजपुर र यशोधरा मावि टक्सार सहभागि हुने छ ।
यस्तै ग्रुप बि तर्फ षडानन्द मावि दिङला, युनिक एण्ड युनाइटेड पब्लिक एकाडेमी भोजपुर, सिद्धेश्वर मावि दाँवा, भोजपुर एकाडेमी, अन्नपूर्ण बागधन रणदिपा मावि अन्नपूर्ण, सिद्धकाली बोडिङ स्कुल भोजपुर र सिंहदेवी मावि हेलौछा सहभागि हुने आयोजक बिहानी फुटवल क्लवले जनाएको छ ।
प्रतियोगितामा बिजेता हुने टिमलाई नगद ४४ हजार चार सय ४४ र उपबिजेतालाई नगद २२ हजार दुई सय २२ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । यस्तै प्रतियोगिता तर्फ बेष्ट गोलकिपर, बेष्ट डिफन्डर, बेष्ट मिडफिल्डर र उत्कृष्ट खेलाडीहरुका लागि समेत पुरस्कारको ब्यवस्था गरिएको आयोजक बिहानी फुटवल क्लवले जनाएको छ । सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा संचालन हुने प्रतियोगिता असोज २ गते देखि असोज ५ गतेसम्म हुने आयोजक संस्थाका बिकल श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार प्रतियोगितामा समावेश हुनका लागि जन्मदर्ता अनिवार्य गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच