
काठमाडौं । एनसेल फाउण्डेशनले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई १० लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरेको छ । राष्ट्रिय पाराओलम्पिक नेपालको २५औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमबीच एनसेलले पलेशासहित पेरिस पारा ओलम्पिकमा सहभागी पाँच सदस्यीय टोलीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।
एनसेलले पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई तीन लाख तथा तेक्वान्दो खेलाडी भरहसिंह महता, पौडी खेलाडी भीमबहादुर कुमाल र पौडी प्रशिक्षक विजेनमान श्रेष्ठलाई जनही एक लाख रुपैयाँ पुरस्कारबाट सम्मान गरेको छ । खेलाडी र प्रशिक्षकलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलगायतले सम्मान गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच