गाजा । गाजापट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायलले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजरायली युद्ध विमानहरूले मध्य गाजाको अल-दराज शहरमा रहेको एक घरमा आक्रमण गर्दा सात प्यालेस्टिनीको मृत्यु हुनुका साथै अधिकांश महिला तथा बालबालिकासहित अन्य घाइते भएको स्थानीय स्रोतले जानकारी दिएका छन् ।
लडाकु विमानहरूले उत्तरी गाजापट्टीको बेइट लाहियामाको एउटा घरमा पनि आक्रमण गर्दा घाइते तथा बेपत्ता मानिसहरूको उद्धारकर्मीहरूले भग्नावशेषमुनि खोजी गरिरहेका छन् ।
आक्रमणकारीले नुसेरात शिविरको एक घरलाई पनि निशाना बनाउँदा केहीको हताहत भएको उल्लेख गरिएको छ ।
यसअघि इजरायली आक्रमणले उत्तरी गाजाको जबलियामा रहेको एक घरलाई निशाना बनाउँदा सात प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका थिए ।
खान युनिसको अल-कारारा शहरमा इजरायली हमलामा थप दुई प्यालेस्टिनीको मत्यु भएको तथा मध्य गाजापट्टीको अल–मगाजी शिविर नजिकै एउटा गाडीलाई निशाना बनाई गरेको आक्रमणमा दुईजनाको मृत्यु भएको थियो ।
बिहीबार बिहानदेखि रातीसम्म विस्थापित व्यक्तिहरूको घर, सवारी साधन र पालमा भएको इजरायली बमबारीमा ४५ भन्दा बढी प्यालेस्टिनी मारिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
गत अक्टोबरमा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणको बदलामा इजरायलद्वारा गाजामा गरिएको आक्रमणका कारण हालसम्म अधिकांश महिला तथा बालबालिकासहित ४१ हजार २७२ जनाको मृत्यु हुनुका साथै अन्य ९५ हजार ५५१ जना घाइते भएको जनाइएको छ ।
यसैगरी हजारौं पीडितहरू बेपत्ता, भग्नावशेषमुनि दबिएका वा सडकमा बेबारिसे अवस्थामा छरिएका छन् । इजरायली आक्रमणले गर्दा उद्धार कार्यमा कठिनाइको सामना गर्नुपरेको प्यालेष्टिनी उद्धार टोलीले जनाएका छन् । रासस/क्युएनए ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच