प्राज्ञिक विद्यार्थी परिषद्‌द्वारा शैक्षिक सामग्री वितरण

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 4 mins

इलाम । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले इलामको श्री आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत ६ सय बढि विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । आइतबार परिषद्ले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

विद्यार्थी परिषदले नेपाल भारतको सहयोगमा एक कार्यक्रम गरी कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री झोला (१५० थान), कापी, कलमलगायतका सामाग्री बितरण गरेको हो । यस्तै विद्यालयको पुस्तकालयका लागि समेत परिषद्ले नेपाली अङ्ग्रेजी सिकाई पुस्तक, बृहत नेपाली श्ब्दकोषलगायतका पुस्तक सहयोग गरेको विद्यालयका प्रधानाध्यापक कुमार पौडेलले जानकारी दिनुभयो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खडानन्द अधिकारीको अध्यक्षतामा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा प्रमुख अतिथि इलाम नगरपालिकाका प्रमुख रहनुभएको थियो । प्रमुख अतिथि थापाले यसरी जेहन्दार गरिब, बिपन्न वर्ग तथा प्राज्ञिक परिषदका सदस्य विद्यार्थीहरूलाई पढन सहयोग पुर्याउने उद्देश्यका साथ संस्थाको माध्यामबाट विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको भन्दै खुशी व्यक्त गर्नुभएको थियो । यस्तै उहाँले शैक्षिक क्षेत्रलाई राजनीतितन्त्र मुक्त क्षेत्र बनाई शिक्षाको गुणस्तर वृद्धि गर्दै शैक्षिक र सामाजिक गतिविधिमा अगाडि बढ्ने प्रेरणा प्राज्ञिक विद्यार्थी परिषद्‌बाट मिल्ने बताउनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कुमार पौडेलले विद्यार्थीहरुका लागि सहयोग गरेकोमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाललाई धन्यबाद ज्ञापन गर्नुभयो ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद विश्वविद्यालय कार्यक्रम प्रमुख क्षितराज न्यौपाने, इलाम नगर पालिका प्रमुख केदार थापा, इलाम नगरपालिका बडा न ७ का अध्यक्ष नरेश श्रेष्ठ, र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खडानन्द अधिकारी, विद्यालयका प्रअ कुमार पौडेल एवम् विद्यालयका शिक्षक कर्मचारीलगायतको उपस्थिति थियो ।

प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले आफ्नो सेवाकार्यअन्तर्गत यस वर्ष इलामसहित १६ जिल्लाका २५ सय २५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?