बार्सिलोना । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राती भएको खेलमा बार्सिलोनाका गोलकिपर टेर स्टेगेन घाइते हुनुभएको छ । बार्सिलोनाले भिल्लारियललाई ५-१ ले पराजित गर्दै प्रतियोगितामा लगातार छैटौँ जित हात पारेको थियो । तर, कप्तान टेर स्टेगेनलाई मध्यान्तरअघि स्ट्रेचरमा राखेर मैदान बाहिर लगिएको थियो ।
बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले उहाँको लिगामेन्ट च्यातिएको जस्तो देखिएको बताउनुभयो । तर, थप परीक्षण हुने उहाँले बताउनुभयो । स्थानीय सञ्चारमाध्यमका अनुसार टेर स्टेगेनलाई मैदानबाट एम्बुलेन्समा अस्पताल लगिएको थियो । त्यसपछि उहाँ हिृवलचेयरमा बसेर अस्पतालबाट बाहिरिनुभएको थियो । ‘यो चोटले हामीलाई दुःखी बनाएको छ । मलाई लाग्छ कि चोट ठूलो हुनेछैन । तर, हामीले थप जानकारीका लागि पर्खनुपर्छ,’ बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले भन्नुभयो, ‘हामीले यसलाई स्वीकार गर्नुपर्छ । यो सजिलो छैन । यो एउटा दुर्घटना थियो ।’ टेर स्टेगेन पीडाले छटपटाएपछि दुवै टोलीका खेलाडीले तत्काल चिकित्सकीय सहायताका लागि कल गर्नुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच