काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा हेल्प डेक्स स्थापना गरिएको छ । राष्ट्रिय खेल संघले नेपालमा आयोजना गर्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा डेक्सले आवश्यक समन्वय गर्ने राखेप सदस्य-सचिव टंकलाल घिसिङले बताउनुभयो ।
डेक्सको उद्घाटन गर्दै सदस्य-सचिव घिसिङले विदेशी खेलाडीहरूका लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रियामा डेक्सले काम गर्ने जानकारी दिनुभयो । क्यानको कार्यक्रमलाई आवश्यक समन्वयका लागि सुरु गरेको डेक्सले सबै प्रकारका अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहजीकरण गर्ने भन्दै विशेष कार्यक्रममा समन्वयका लागि डेक्स स्थापना गरिएको जानकारी दिनुभयो ।
क्यानले आगामी मंसिर १५ देखि पुस ७ गतेसम्म एनपिएल सञ्चालन गर्दैछ । एनपिएल व्यवस्थापन डेक्सले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको लिग तथा फ्रेन्चाइज लिग सञ्चालन तथा आयोजनासम्बन्धी कार्य गर्ने गरी डेक्स स्थापना गरिएको हो । डेक्स उद्घाटन कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव पारस खड्काले राखेपले सुरु गरेको लिग व्यवस्थापन डेक्समार्फत् लिग सम्पन्न गराउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
राखेपले प्रशासकीय अधिकृत सानुराजा केसी संयोजक रहने गरी प्रशासकीय अधिकृत धन शाही र लेखापाल खेमशंकर अधिकारी सदस्य रहेको तीन सदस्यीय डेक्स स्थापना गरेको खेलकुद विकास विभाग प्रमुख सरोज पोखरेलले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच