
झापा । दुई दिनअघि ८० हजार घुससहित पक्राउ परेका बुद्धशान्ति गाउँपालिका २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली ( गोपाल ) निलम्बनमा परेका छन्। ओली असोज ८ गतेदेखि नै स्वत : निलम्बनमा परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
जग्गा मिलाइदिने भन्दै वडाध्यक्ष ओलीमाथि बिर्तामोड बोलाएर भारतीय नागरिक अमरनाथ चौहानसँग ८० हजार घुस लिएकाे आराेप छ । ओलीलाई घुस लिँदालिँदै रङ्गेहात पक्राउ गरेर स्थानीयले इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाएका थिए ।
सोही दिन इप्रका बिर्तामोडले र चौहानलाई परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीलाई बुझाएको थियो । अख्तियार इटहरी कार्यालयले ओली विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिसकेको छ । अख्तियारका अनुसन्धान अधिकृत ज्ञानमञ्जरी शर्माले आज सूचना निकालेर वडाध्यक्ष ओली निलम्बनमा परेको जनाउनु भएको हो ।
अधिकृत शर्माले निकालेको सूचनामा लेखिएको छ, " अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम स्वत: निलम्बनमा रहने कानुनी प्रावधान रहेकाले वडाध्यक्ष ओली निलम्बनमा परेका छन् ।"
अधिकृत शर्माले निकालेको सूचनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १६ को उपदफा ४ बमोजिम विशेष अदालत काठमाडौँबाट म्याद थप भई आएको र वडाध्यक्ष ओली थुनामा रहेकोले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ बमोजिम आवश्यक प्रक्रिया अघि बढाउन सम्बन्धित वडा कार्यालयलाई भनिएको छ ।
सार्वजनिक पद धारण गरेका राष्ट्रसेवकले अधिकार दुरुपयोग गरेको र थुनामा परेको अवस्थामा सो कानुन आकर्षित हुन्छ । घुस दिने चौहानलाई पनि अख्तियारले थुनामा पठाएको छ । जग्गा किन्ने तयारीमा रहेका चौहानसँग ओलीले आफूलाई पैसा नदिए जग्गा पास रोकिदिने धम्की दिएर ८० हजार असुलेका थिए।
उमेरले ६८ वर्षीय ओली गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । झापाका १३१ वडाका मध्ये ओली सबैभन्दा जेठा वडाध्यक्ष हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच