
काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा रियलमी सी ६७ फाइभजी र रियलमी नार्जो एन ६१ सार्वजनिक गरेको छ । रियलमी सी ६७ फाइभजीमा ५० मेगापिक्सेलको थ्री एक्स इन सेन्सर जुम क्यामेरा, मिडिया टेक डाइमेन्सिटी ६१ सय र १२८ जिबीसम्मको स्टोरेज रहेको छ । प्रविधिप्रेमी तथा ट्रेन्ड सेटर प्रयोगकर्तालाई लक्षित गर्दै रियलमी नार्जो एन ६१ ल्याएको कम्पनीले जनाएको छ ।
रियलमीका हेड अफ स्ट्राटिजी एण्ड रिसर्च मुनिस गिरीले भन्नुभयो, ‘रियलमी सी ६७ फाइभजी नेपालमा सार्वजनिक गर्न पाउँदा हामी निकै खुसी छौँ । ५० मेगापिक्सेलको थ्री एक्स इन सेन्सर जुम क्यामेरा र स्न्यापड्रागन चिपसेटले प्रयोगकर्तालाई उत्कृष्ट प्रविधिमा पहुँच पुर्याउनेछ । त्यसैगरी इन्ट्री लेभल फोनको पर्फर्मेन्स र टिकाउपनलाई चुनौती दिने हिसाबले नार्जो एन ६१ को डिजाइन गरिएको छ । मेटल, फोम, सिलिकोनलगायतका एडभान्स्ड सामग्री प्रयोग गरेर बनाइएका आठ विभिन्न किसिमका सेफ्टी प्रोटेक्सन दिइएको यस नार्जो एन ६१ स्टिल जत्तिकै टफ रहेको छ । त्यसैले यो काम, मनोरञ्जन र अन्य हरेक प्रयोगका लागि अत्यन्तै उपयुक्त छ ।’ कम्पनीका अनुसार रियलमी सी ६७ फाइभजीमा यस सेगमेन्टकै सबैभन्दा ठूलो सेन्सर र एडभान्स्ड इमेजिङ सफ्टवेयर समावेश रहेको ५० मेगापिक्सेल क्यामेरा रहेको छ भने नार्जो एन ६१ को ३२ एमपिको सुपर क्लियर क्यामेराले डिटेल्ड र सटिक रङसहित सार्प र जीवन्त शटहरू खिच्न सक्छ ।
रियलमी सी ६७ फाइभजी क्यामेराका अन्य विशेषता भनेको थ्री एक्स जुम सेन्सर हो, जसले विभिन्न कोणबाट डिटेल्ससहितको तस्बिर खिच्न मद्दत गर्दछ । रियलमी सी ६७ फाइभजी स्मार्टफोनमा छ जिबी डाइनामिक र्यामसम्मको स्टोरेज रहेको छ भने चार प्लस ६४ जिबी भेरियन्टमा नार्जो एन ६१ उपलब्ध रहेको छ । रियलमी सी ६७ फाइभजी वाटर, डस्ट र स्प्ल्यास रेजिस्टेन्ट छ भने तीनवटा कार्ड स्लट रहेका छन्, जसले दुईवटा सिम कार्ड र दुई टिबीसम्मको माइक्रोएसडी कार्ड सपोर्ट गर्छ । रियलमी सी ६७ फाएभजीको मूल्य २१ हजार नौ सय ९९ र नार्जो एन ६१ को मूल्य १३ हजार चार सय ९९ रुपैयाँ रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच