काठमाडौं । श्रीलंकाको खेलकुद विकास विभागका प्रमुख प्रोफेसर डा. शेमल फर्नान्डो नेपाल आउने हुनुभएको छ । नेपालमा हुने एसियाकै ठूलो रग्बी प्रतिस्पर्धा एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ हेर्नका लागि उहाँ नेपाल आउन लाग्नुभएको हो ।
श्रीलंका एसिया रग्बीमा बलियो टोलीका रूपमा लिइन्छ । श्रीलंकाले दुईपल्टसम्म विश्वकप रग्बीको छनोटसमेत खेलिसकेको छ । यसपल्ट पनि श्रीलंकाले काठमाडौंमा हुने एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा चुनौती प्रस्तुत गर्दैछ । श्रीलंकाली टोलीसँगै श्रीलंकाको खेलकुद विकास विभागका प्रमुख शेमल नेपाल आउन लाग्नुभएको हो । उहाँ श्रीलंकाको खेलकुद विभागका निर्देशक पनि हुनुहुन्छ ।
एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते दशरथ रंगशालामा रग्बी इमिरेट्स सेभेन्स ट्रफी हुँदैछ । सेभेन्स ट्रफीमा एसियाका १७ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।
पहिलोपल्ट नेपालमा एसियालीस्तरको सिनियर रग्बी प्रतिस्पर्धा आयोजना हुन लाग्दा नेपालका रग्बी खेलाडी निकै उत्साहित पनि छन् । नेपालका पुरुष र महिला टोलीले यसै सेभेन्स ट्रफीका लागि पछिल्ला तीन महिनादेखि पोखरामा प्रशिक्षण गरिरहेको छ । संघले पनि तेस्रोपल्ट हुन लागेको एसिया रग्बीको ठूलो आयोजनाको तयारी तीव्र पारेको छ ।
रग्बी इमिरेट्स सेभेन्स ट्रफीको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्ण, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कांस्य पदक प्राप्त गर्नेछन् । यो प्रतियोगिता एसिया रग्बी सेभेन्स सिरिज २०२५ को छनोटको माध्यम पनि हो । पछिल्लो समय नेपालमा पनि रग्बी खेलको गतिविधि बढिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच