दाङ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गीय खुम बहादुर खड्कालाई भ्रष्टाचारको झुठो मुद्दा लगाइएको बताउनु भएको छ ।
आज दाङको अमिलियामा स्वर्गीय नेता खुमबहादुर खड्काको शालिक अनावरण गर्दै सभापति देउवाले खुमबहादुर साहसिक नेता, विकासप्रेमी नेता, निडर नेता र जनताले अत्यन्तै रुचाइएका नेता भएको बताउनु भयाे । नेता खड्कालाई झुठो मुद्दा लगाएर उहाँको राजनीति सक्न देशी–विदेशी शक्ति लागि परेको उहाँले बताउनु भयो । साथै केही कांग्रेस भित्रैकाहरुले पनि आगोमा घ्यु थप्ने काम गरेको उहाँले तर्क गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले स्वर्गीय नेता खुमबहादुर खड्काले टिकाएको जगमा काङ्ग्रेस अडिनु पर्ने बताउनु भयो। काङ्ग्रेसको रजगज भएको दाङमा गुटउपगुट बनाएर कम्जोर गराउन नहुने मुख्यमन्त्री चौधरीले बताउनु भयो । विकासप्रेमी नेता खड्काको अभाव राजनीति जीवनमा सधै खड्किरहने उहाँको भनाई छ ।
लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टी भित्र गठबन्धन हुन नसक्दा अन्य पार्टीबाट हेपिनु परेको बताउनु भयो । सभापति पुनले पुर्वदेखि पश्चिम सम्मका कांग्रेसलाई समेटेर अगाडी बढ्न नेतृत्व तहलाई आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले लमहीमा शालिक निर्माण गर्ने योजना रहेपनी केही बामपंथीले अबरोध गर्दा अमिलियामा शालिक निर्माण गर्नु परेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच