काठमाडौं । पाहुना टोली जिम्बाबे ‘ए’ ले नेपालविरुद्धको टी-२० शृंखलामा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा कप्तान टोनी मुनयोंगा र तडिवानाशे मरुमानीको अर्धशतक मद्दतमा जिम्बाबे ‘ए’ ले नेपाली टोलीमाथि ६ विकेटको सानदार जित हात पार्यो । जितका लागि १८२ रनको विजयी लक्ष्य पछ्याएको जिम्बाबेले १८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । उसका ओपनर तडिवानाशे मरुमानी ४१ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५६ रनको पारी खेल्नुभयो । यस्तै कप्तान टोनी मुनयोंगाले २३ बलमा ७ छक्कासहित ५० रन बनाउनुभएको थियो ।
त्यसअघि जिम्बाबे ‘ए’ का ओपनर इन्सेन्ट कैयाले ३० बलमा ९ चौकासहित ४७ रन जोड्दै राम्रो सुरुवात दिलाउनुभएको थियो । पहिलो विकेटका लागि मरुमानी र कैयाले ८.४ ओभरमा ७३ रनको साझेदारी गरेपछि पाहुना टोली जिततर्फ अग्रसर बनेको थियो ।
त्यसपछि मरुमानी र टोनीले दोस्रो विकेटका लागि ७२ रनको साझेदारी गर्दै जित पक्का गर्नुभयो । नेपालका बसिर अहमदले ३.५ ओभरमा २५ रन खर्चेर २ विकेट लिनुभयो । यस्तै करण केसी र सन्दीप लामिछानेले १-१ विकेट हात पार्नुभयो ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रनको योगफल बनायो । नेपालका लागि आदिल अन्सारीलेले सर्वाधिक ४७ रनको योगदान दिनुभयो । उहाँले २७ बलमा चार चौका र तीन छक्कासहित ४७ रन जोड्नुभएको थियो ।
त्यस्तै कुशल भुर्तेलले ४६ रन जोड्दा रोहित पौडेलले ३९ रन बनाउनुभयो । दीपेन्द्रसिंह ऐरीले २८ रन बनाउनुभयो भने आसिफ शेख ९ रनमा आउट हुनुभयो । आरिफ शेख २ रनमा आउट हुनुभयो भने करण केसी ४ रनमा अविजित रहनुभएको थियो ।
बलिङमा जिम्बाबेका ब्राड इभान्स, लुक जोंग्वे, बे्रन्डन मभुता र जोन मसराले समान १/१ विकेट लिनुभयो । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टुअन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमास्वरूप नेपालले जिम्बाबे ‘ए’ टोलीसँग उक्त सिरिज खेलिरहेको हो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच