धादिङ । यात्राका क्रममा वर्षाका कारण बीचबाटोमा रोकिएका यात्रुलाई खाना, खाजा र पानी लगायत खाद्यपदार्थको अधिक मूल्य नलिन जिल्ला प्रशासन कार्यालय धादिङले व्यवसायीहरुलाई अनुरोध गरेको छ ।
आइतबार एक सूचना जारी गरी जिल्ला प्रशासन कार्यालय धादिङले यात्राका क्रममा रोकिएका यात्रुलाई अधिक मूल्य नलिन व्यवसायीहरुलाई अनुरोध गरेको हो । यदि खाद्यपदार्थहरुको अधिक मूल्य लिएको पाइएमा कानून बमोजिम कारवाही गरिने सूचनामा भनिएको छ ।
बिहिबारदेखिको लगातारको वर्षाको कारण धादिङ जिल्लामा पनि नदी तथा खोलाहरुमा जल सतहले खतराको तह पार गरेको तथा नदी/खोलाहरुको वहाव अझै बढ्न सक्ने सम्भावना रहेको हुँदा नदी/खोला किनारा, पुल पुलेसा तथा वरिपरीको सडकमा अत्यावश्यक वाहेक आवत जावत नगर्न तथा अन्य क्रियाकलाप नगर्न/नगराउन अनुरोध छ,सूचनामा उल्लेख गरिएको छ ।
साथै पृथ्वीलोकमार्ग लगायत जिल्लाका अधिकांश सडकहरुमा पहिरोको कारण अवरुद्ध भएकोले सो मार्ग भएर यात्रा नगर्नु हुन पनि अनुरोध गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच