काठमाडौं । टेलिशृखंला ‘तीतो सत्य’ मा बाल कलाकारको भूमिका निर्वाह गर्नुभएका राज आचार्यले कलाकार सुनिशा बजगाईंसँग बिहे गर्नुभएको छ । कालोपुलस्थित शुवम् पार्टी प्यालेसमा परिवार र निकट आफन्तको उपस्थितिमा उहाँहरूको विवाह समारोह भएको हो । विवाहमा दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मालगायत कलाकारको उपस्थिति रहेको थियो ।
राज र सुनिशा केही वर्षदेखि प्रेममा हुनुहुन्थ्यो । सुनिशाले चलचित्र ‘इन्टुमिन्टु लण्डनमा’, केही सर्ट फिल्म र म्युजिक भिडियोमा काम गरिसक्नु भएको छ । राज र सुनिशाले ‘नजिक आउन तिमी’ गीतको भिडियोमा समेत एकसाथ अभिनय गरिसक्नु भएको छ । बिहेमा पुग्नु भएका कलाकार तथा निर्देशक दीपाश्री निरौलाले बिहेका फोटोहरू फेसबुकमा हाल्दै बधाई तथा शुभकामना दिनुभएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :