दुई अर्ब ८२ करोडको नागरिक बचत बिक्री खुला

Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार ‘नागरिक बचतपत्र २०८५’को बिक्री सुरु गर्ने भएको छ । राष्ट्र बैंकले दुई अर्ब ८२ करोड १४ लाख ७० हजार बराबरको नागरिक बचतपत्र निष्कासन गर्न लागेको हो । पाँच वर्ष अवधिको बचतपत्रका लागि १० प्रतिशत वार्षिक ब्याजदर तोकिएको छ भने बचतपत्रको ब्याज हरेक छ महिनामा भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ ।

जेठ २४ गतेसम्म बिक्री खुला गरेर जेठ ३० गते बचतपत्र निष्कासन हुनेछ । लगानीकर्ताले घटीमा १० हजार र बढीमा कुल निष्कासित रकमको सीमासम्म १० हजारले निशेष भाग जाने अंक बराबरको बचतपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

यस्तो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जासमेत लिन सकिनेछ । बचतपत्र खरिद गर्न चाहने खरिदकर्ताले राष्ट्र बैंकको वेबसाइटमा रहेको अनलाइन प्रणालीमार्फत् आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ । लगानीकर्ताले स्टक वा प्रमिशरी नोटका रूपमा बचतपत्र लिन सक्नेछन् ।

स्टक वा प्रमिशरी नोटमध्ये आपूmले लिन चाहेको प्रमाणपत्रको किसिम आवेदन दिँदा नै खुलाउनुपर्नेछ । नखुलाइएकोमा राष्ट्र बैंकले प्रमिशरी नोट प्रमाणपत्र उपलब्ध गराउने जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?