कोशी ब्यारेज । कोशी ब्यारेजबाट हलुका सवारी साधन साइकल मोटरसाइकल तथा अत्यावश्यक सेवाका साधनहरु संचालनमा आएका छन् ।
शनिबार अपरान्ह ४ बजेबाट आवागमन बन्द गरिएको थियो ।
सप्तकोशीमा पानीको बहावले उच्च खतराको सबै सङ्केत पार गरेका कारण यातायातका साधन संचालनमा रोक लगाइएको थियो ।
आइतबार बिहानसम्म साढे ६ लाख ६१ हजार ५ क्युसेक बहाव मापन भएको थियो । तर अपरान्हसम्म बहाव करीव आधा घटेका कारण ब्यारेजको पुलबाट सवारी आवागमन पूर्ण रुपमा संचालन गर्ने तयारी भइरहेको जनाइएको छ ।
पानी आधा नै घटेपछि स्थानीय प्रशासनले अहिले केहीबेरमै कोशी ब्यारेजको पुलबाट आवतजावत खोल्ने तयारी अघि बढाएको छ ।
‘अबको केही घन्टापछि कोशी पुलबाट आवतजावत खुला हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच