सिन्धुली । बाढीपहिरोका कारण विपी राजमार्ग अवरुद्ध बनेपछि सडकमै अलपत्र बनेका यात्रुलाई आइतबार साँझ ६ बजे हेलिकोप्टर मार्फत् उद्धार गएिको छ ।
सिन्धुली–बर्दिबास (विपी) राजमार्गको नेपालथोक र मंगलटार बीचका ३४ जना यात्रुलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत् उद्दार गरिएको हो ।
एक जना विदेशीसहित ३४ जना यात्रुलाई सिन्धुलीको सुनकोशी गाउँपालिका–१ गजुरदहबाट उद्धार गरेर काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेले जानकारी दिनुभयो ।
तीन दिनदेखि सडक अवरुद्ध हुँदा सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेका र काठमाडौँबाट सिन्धुलीतर्फ आउँदै गरेका सयौँ सवारी साधन र यात्रुहरु सडकै फसेका थिए ।
नेपालथोकदेखि खुर्कोटसम्मको सडकखण्ड एकतर्फी सञ्चालनमा आएपनि नेपालथोकदेखि धुलीखेलसम्म तत्काल सुचारु गर्न कठिन भएपछि हेलिकोप्टरबाट उद्धार गर्न गृह मन्त्रालय र नेपाली सेनासँग समन्वय गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच