
काठमाडौं । क्यानले आयोजना गर्न लागेको एनपिएलको रणनीतिक व्यावसायिक अधिकार ब्राण्ड लजिकले पाएको छ । क्यानले बोलकबोलमार्फत् मागेको ‘स्ट्राटेजिक एण्ड कमर्सियल राइट्स’ आवेदनमा सबैभन्दा बढी पाँच करोड ९२ लाख रुपैयाँ बोली लगाएर ब्राण्ड लजिकले सो अधिकार प्राप्त गरेको हो ।
यस सम्झौतासँगै ब्राण्ड लजिकको सहकार्यमा नेपाल प्रिमियर लिगलाई थप व्यवस्थित र दिगो बनाउने अपेक्षा गरिएको छ । कम्पनीले खेलको प्रचारप्रसार व्यवस्थापनदेखि आर्थिक पक्षलाई थप मजबुत बनाउने जिम्मेवारी लिनेछ । सम्झौतामा लिगको ब्राण्डिङ, मार्केटिङ, प्रसारण अधिकार, प्रायोजन व्यवस्थापन र ग्राउण्ड ब्राण्डिङको अधिकार समावेश गरिएको छ ।
एनपिएलमा काठमाडौं, पोखरा, चितवन, जनकपुर, विराटनगर, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी गरी आठ फ्रेन्चाइज टोली छन् ।
क्यानले एनपिएलमा खेलाडीहरूको अक्सन दशैँअघि गर्ने तयारी गरेको छ । खेलाडी दर्ता प्रक्रिया खुलाइसकेको छ । खेलाडीको अक्सनमा न्यूनतम मूल्य दुई देखि १० लाख रुपैयाँसम्म तोकिएको छ । गोला प्रथामार्फत् आठ फ्रेन्चाइज टोलीले आफ्नो मार्की खेलाडी अनुबन्ध गरिसकेका छन् ।
काठमाडौंका करण केसी, पोखरा कुशल भुर्तेल, चितवनका कुशल मल्ल, लुम्बिनीका रोहित पौडेल, विराटनगरका सन्दीप लामिछाने, जनकपुरका आसिफ शेख, कर्णालीका सोमपाल कामी र सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच