
बारा । मिदास हेल्थ पोलीक्लिनिकद्वारा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । मिदास हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर बडहर्वाको आयोजना तथा साना किसान कृषि सहकारी संस्था मनहर्वाको सहकार्यमा कलैया उपमहानगरपालिका २ दोहरीस्थित अमर माध्यमिक विद्यालयमा बुधवार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।
स्वास्थ्य शिविरमा सुगर, बल्डप्रेसर, थायराइड, हात खुट्टा दुःखेको, ज्वरो, पेट दुखाई, छाती, नाक, कान घाटी लगायतका रोगहरुको निशुल्क चेक जाँच गरिएको मिदास हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरका संचालक डा. प्रतीककुमार दासले बताउनुभयो ।
जितपुर सिमरा उपमहानगरपालिका र कलैया उपमहानगरपालिकाका स्थानीयहरुको माग बमोजिम निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको डा. दासले बताउनुभयो ।
शिविरमा ग्यास, सुगर, ज्वरो, दुखाई लगायतका रोगहरुको चेकजाँच गर्ने र निशुल्क औषधी समेत वितरण गरिएको डा. दासले जानकारी दिनुभयो ।
स्वास्थ्य शिविरबाट तीन सय भन्दा बढी विरामीहरुले चेक जाँच गराएको र चेकजाँच पछि उनीहरुलाई निशुल्क औषधीसमेत दिइएको उहाँले बताउनुभयो ।
निशुल्क स्वास्थ्य शिविरमा ४ जना एमबीबीएस डाक्टर र अहेब तथा हेल्परहरुको सहभागिता रहेको उहाँले जानकारी दिनुभयो ।
शिविरमा डा. प्रतिक कुमार दास, डा. सरोज कुशवाहा, डा. सुरेश यादव र डा विकास लामाले विरामीहरुको चेकजाँच गर्नुभएको थियो ।
त्यसै गरि राधामोहन यादव, राजु चौधरी, प्रशान्त पासवान र सुनिल रामले हेल्परको रुपमा सहयोग गरेको उहाँले बताउनुभयो ।
बारा जिल्लाको अरु ठाउँहरुमा समेत यस्तै निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने आफनो लक्ष्य रहेको उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच