काठमाडौं । उपन्यास ‘युगसन्धि’को लोकार्पण गरिएको छ । काठमाडौंमा एक विशेष समारोहबीच साहित्यकार विजय चालिसेद्वारा लिखित उक्त उपन्यासको लोकार्पण गरिएको हो । उपन्यासमा आर्य र अनार्य जाति तथा संस्कृति, महिला तथा पुरुष एवं रक्त शुद्धता र रक्त सम्मिलन पक्षधरबीचको द्वन्द्व समेटिएको छ ।
कार्यक्रममा समीक्षक गोपी मैनालीले ‘युगसन्धि’ले पौराणिक आख्यान लेखनको शास्त्रीय विधान तोडेको उल्लेख गर्दै यो उपन्यास विजयको मात्र नभई पराजयको पनि कथा भएको बताउनुभयो । उहाँले युगसन्धिले प्राचीन समयको जातीय र वर्गीय विभेदलाई देखाएको टिप्पणी गर्नुभयो । समीक्षक डा.ज्ञानु पाण्डेले ‘युगसन्धि’ उपन्यासले उठान गरेको विषयवस्तुभन्दा पनि पर पुगेर पाठकका मनमा अनेकौं गम्भीर प्रश्न र कल्पना जगाउन सक्ने सशक्त कृति भएको दाबी गर्नुभयो । वैदिक कालको कथालाई लैंगिक अवधारणाबाट समेत उपन्यासले हेर्न सकेको उहाँको भनाइ थियो ।
डा.ऋषिराम पोखरेलले वैदिक विषयवस्तुमाथि साह्रै कम पुस्तक लेखिएको समयमा विजय चालिसेले युगसन्धि लेखेर नेपाली साहित्यलाई गुन लगाउनुभएको चर्चा गर्नुभयो । लेखक चालिसेले वैदिककालका द्वन्द्वलाई अध्ययन गरेर निकालेको निष्कर्षका आधारमा उपन्यास तयार पारेको बताउनुभयो । कार्यक्रममा समीक्षक युवराज मैनाली र गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाललगायतले लेखकलाई शुभकामना दिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच