काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो २४औँ वार्षिकोेत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमसहित मनाएको छ । ‘उत्सव र सहयोग’ भन्ने नाराका साथ बैंकले असोज महिनालाई वार्षिकोसत्व अभियानका रूपमा लिएको हो ।
सोही अवसरमा बैंकले असोज १८ गते केन्द्रीय कार्यालय तथा बैंकका सम्पूर्ण शाखा कार्यालयमा केक काटेर वार्षिकोत्सव मनाइएको जनाएको छ । हरेक वर्ष असोज १७ गतेलाई वार्षिकोत्सव दिनका रूपमा मनाउँदै आएको बैंकले यस वर्ष २४औँ वार्षिकोत्सवका अवसरमा ग्राहकलाई विभिन्न प्रकारका विशेष सुविधा प्रदान गर्दै आएको छ भने देशभर रहेका विभिन्न शाखामार्फत् संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगका कार्यक्रम समेत सञ्चालन गरिरहेको छ ।
जसअन्तर्गत बैंकले वृद्धाश्रम तथा बालमन्दिरहरूमा सहयोग, वृक्षारोपण, वित्तीय साक्षरता प्रवद्र्धन कार्यक्रम जस्ता सामाजिक उत्तरदायित्वमा केन्द्रित गतिविधि सञ्चालन गरिरहेको जनाएको छ । केही दिनअघि आएको बाढीपहिरोमा परी विस्थापित काभ्रेको रोशी गाउँपालिका १ र २ का बाढीपहिरोपीडित घरपरिवारलाई दुई सय थान ब्ल्यांकेट प्रदान गरेको छ । बाढीपहिरोले विभिन्न स्थानमा बाटो अवरुद्ध भएकाले उक्त सामग्री रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामालाई हस्तान्तरण गरेको हो ।
साथै वार्षिकोत्सवको अवसर पारेर ग्राहकलक्षित विभिन्न अफरहरू सञ्चालनमा ल्याएको बैंकले असोज १ देखि ३० गतेसम्मको अवधिमा बैंकको मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकलाई विशेष छुट योजना पनि ल्याएको छ । जसअन्तर्गत बैंकका डेबिट कार्ड लिने ग्राहकले कार्ड लिँदा पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यसपछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट प्रदान गरिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच