काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्सले साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले कुल २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो । कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा गरिमा क्यापिटल नियुक्त भएको छ ।
सो सम्बन्धी सम्झौता पत्रमा गरिमा क्यापिटलतर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीतर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाले हस्ताक्षर गर्नुभएको हो ।
कम्पनीले सेयर निष्कासन गर्न लागेको कुल कित्ता २२ लाख ५० हजारको सय रुपैयाँ दरले हुन आउने कुल रकम २२ करोड ५० लाख रुपैयाँ बराबरको प्रत्याभूति गर्ने सम्झौता भएको छ । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी २०७९ पुस १४ मा दर्ता भई २०८० भदौ १ गतेदेखि निर्जीवन लघु बिमाको इजाजत पत्र प्राप्त गरी लघु निर्जीवन बिमासम्बन्धी कारोबार सञ्चालन गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच