काठमाडाैं । सुडानमा हैजाका बिरामीको संख्या २१ हजार ८०६ पुगेको छ । जसमा ६३२ जनाको मृत्यु भएको छ । डेंगु ज्वरोका केसहरू १ हजार ३२९ पुगेको छ भने चार जनाको मृत्यु भएको छ । सुडानको स्वास्थ्य मन्त्रालयले वृद्धिलाई रोक्नको लागि तत्काल प्रयासहरू तिब्र पार्ने आवश्यकतामा जोड दिएको छ ।
मन्त्रालयकाअनुसार हैजाको प्रकोपबाट ११ राज्य प्रभावित भएका छन् । सबैभन्दा धेरै हैजाका केसहरू दर्ता भएको पूर्वी कसला राज्यमा स्वास्थ्य अधिकारीहरूले वातावरण सरसफाईसँगै रोगको प्रकोप विरुद्ध लड्न ठूलो अभियान थालेका छन् । कसलाका स्वास्थ्य प्रमुख मोहम्मद मुस्तफा मोहम्मदले भारी वर्षा र नजिकैका राज्यहरूमा हिंसाबाट भागेका मानिसहरूको निरन्तर आगमनलाई वातावरणीय अवस्था बिग्रनुको श्रेय दिनुभयो ।
हैजा र डेंगुका मामिलाहरूमा उल्लेखनीय वृद्धि सुडानमा व्यापक स्वास्थ्य संकटको एक हिस्सा हो । जहाँ सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सहरू बीचको लडाइँ अप्रिल २०२३ देखि चर्किएको छ । मलेरिया र दादुरालगायत अन्य महामारी रोगहरू पनि फैलिएका छन् । संयुक्त राष्ट्रसंघको अनुमान छ कि द्वन्द्वले करिव २० हजार मानिस मारेको छ । लाखौं विस्थापित भएका छन् ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच