काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)ले सात वर्ष अवधि तथा वार्षिक छ प्रतिशत ब्याजदर रहेको निफ्रा ऊर्जा ऋणपत्र (२०८८/८९) नामक कुल ५० लाख कित्ता ऋणपत्र निष्कासनका लागि एनआइएमबी एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
उक्त सम्झौतापत्रमा निष्कासन कम्पनीतर्फबाट नायब महाप्रबन्धक विनयनाथ न्यौपाने र निष्कासन तथा बिक्री प्रबन्धकतर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गर्नुभएको छ ।
नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि कुल निष्कासन गरिने ऋणपत्रको ६० प्रतिशत ऋणपत्र परिपत्र विधिबाट संस्थाहरूका लागि र ४० प्रतिशत अन्य सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिने बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच