काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आजै पोखरा लैजाने तयारी थालिएको छ ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार केहि बेरमामा लामिछानेले मिडियालाई सम्बोधन गरेपछि प्रहरीसँग जाने र प्रहरीले लामिछानेलाई आजै पोखरा लैजाने जानकारी दिएको बताउनु भयो ।
उहाँले सभापति रवि लामिछानेको पक्राउमा अवरोध नगर्ने पनि बताउनु भयो ।
पार्टी कार्यलय अगाडी मिडियालाई सम्बोधन गर्दै लामिछानेलाई पक्राउ गर्न प्रहरी आएको बताउँदै पक्राउको क्रममा अवरोध नगर्न कार्यकर्तालाई आग्रह समेत गर्नु भयो ।
उहाँले कुनै अमुक व्यक्तिकोराजनीतिक कुण्ठा पुरा गर्न प्रहरी परिचालन गरेर लामिछानेलाई पक्राउ गर्न लागिएको समेत आरोप लगाउनु भयो ।
शुक्रबार नै जिल्ला अदालत कार्कीले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली रास्वपा कार्यालय पुगेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच