आईएमडीबीद्वारा यो वर्षका प्रतीक्षित भारतीय फिल्म सार्वजनिक

हिमालय टाइम्स
Read Time = 2 mins

मुम्बई । आईएमडीबीले सन् २०२४ का प्रतीक्षित २० भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसको शीर्षस्थानमा ऋतिक रोशन र दीपिका पादुकोण स्टारर फिल्म ‘फाइटर’ छ ।

वेबसाइटमा बढी खोजिएका फिल्मको ट्रेन्डअनुसार आईएमडीबीको भारतीय संस्करणले यो सूची सार्वजनिक गरेको हो । आईएमडीबी फिल्मको तथ्यांक संकलन गर्ने विश्वकै ठूलो डेटाबेस प्लाटफर्म हो ।

बन्ने घोषणा भएका र बनेर प्रदर्शनका लागि तयार भएका चलचित्रलाई यो सूचीमा राखिन्छ । कुन फिल्म प्रतीक्षित त कुन फिल्म राम्रा हुने, व्यक्तिको आफ्नो आफ्नो रुचि र जानकारीमा भर पर्छ ।

आईएमडीबीमा दर्शकले हेर्न चाहेको फिल्मले पाएको रेटिङअनुसार हालै २० वटा भारतीय फिल्मको सूची जारी गरेको छ । आईएमडीबीले फिल्मको पेजमा गएर दर्शकले सो फिल्म सम्बन्धी जानकारी लिएको आधारमा यो सूची जारी गरेको जनाएको छ ।

सूचीको दोस्रो स्थानमा ‘पुष्पाः द रुल पार्ट २’, तेस्रोमा वेलकम टु द जंगल, चौथोमा सिंगम अगेन, पाँचौंमा ‘कल्कीस् २९९८ एडी’, छैटौंमा ‘बाघिरा’, सातौंमा ‘हनुमान’, आठौंमा ‘बडे मियाँ छोटो मियाँ’, नवौंमा ‘कानगुभा’ र दशौंमा ‘देभाराः पार्ट वान’ छन् ।

सूचीको ११ औं स्थानमा ‘छावा’, १२ मा ‘गुन्तुर कारम’, १३ मा ‘मलाइकोताइ भलिवान’, १४ मा ‘मेरी क्रिसमस’, १५ मा ‘क्याप्टेन मिलर’, १६ औंमा ‘थंगालान’, १७ मा ‘इण्डियन २’, १८ मा ‘योद्धा’, १९ मा ‘मैं अटल हुँ’ र २० मा ‘जिग्रा’ छन् । यो सूचीमा ९ वटा हिन्दी र ५ तेलुगू भाषाका फिल्म समावेश छन् । चारवटा तमिल, मलयामल र कन्नड भाषाका एक/एक फिल्म छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?