बलिउडका चर्चित अभिनेता रविन्द्र महाजनीको निधन

हिमालय टाइम्स
Read Time = 3 mins

मुम्बई । बलिउडका चर्चित अभिनेता रविन्द्र महाजनीको निधन भएको छ ।

उनी पुणेको अम्बी गाउँमा भाडाको फ्ल्याटमा बस्दै आएका थिए । उनी त्यही फ्ल्याटमा मृत फेला परेका थिए । रविन्द्र ७७ वर्षका थिए । उनी अक्सर यही फ्ल्याटमा बस्न आउने गर्थे ।

घरबाट दुर्गन्ध आएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले फ्ल्याटको ढोका खोल्दा रविन्द्र मृत अवस्थामा रहेको भेटिएको थियो । । रवीन्द्रको मृत्यु दुई-तीन दिन अघि भएको हुनसक्ने प्रहरीको अनुमान छ । यसबारे महाजनीका आफन्तलाई जानकारी गराइएको छ ।

प्रहरीका अनुसार रविन्द्र महाजनी मुम्बईका बासिन्दा थिए । उनी करिब ८ वर्षदेखि तलेगाउँ दाभाडेको अम्बीस्थित जरबिया सोसाइटीमा भाडाको अपार्टमेन्टमा एक्लै बस्दै आएका थिए । शुक्रबार साँझ करिब ४ः३० बजे अपार्टमेन्टबाट दुर्गन्ध आए पछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि तलेगाउँ एमआईडीसी प्रहरी चौकीको टोली घटनास्थलमा पुगेर अपार्टमेन्ट भित्रबाट ताला लगाएको फेला पारेको थियो । स्थानीय बासिन्दाको उपस्थितिमा प्रहरीले ढोका तोडेर भित्र रविन्द्रको शव फेला पारेको थियो ।

रविन्द्र महाजनी अभिनेता गश्मिर महाजनीका पिता थिए । रविन्द्रले हिन्दी सिनेमासँगै मराठी फिल्ममा पनि काम गरेका थिए । उनलाई मराठी फिल्म उद्योगका विनोद खन्ना पनि भनिन्छ। किनभने उनको व्यक्तित्व र लुक्स दुवै विनोद खन्नासँग मिल्दोजुल्दो थियो । अभिनयका साथसाथै रविन्द्रले धेरै मराठी फिल्मको निर्देशन पनि गरेका थिए ।

अमिताभ बच्चन स्टारर सात हिन्दुस्तानीमा रविन्द्र महाजनीले प्रहरी निरीक्षकको भूमिका निभाएका थिए । यो उनको पहिलो बलिउड फिल्म थियो । त्यसपछि उनले मराठी फिल्म आराम हराम आहे, दुनिया करी सलाम, हल्दी कुंकुमा अभिनय गरे। यस बाहेक उनले मुम्बई चा फौजदार  झुंज, कलात नकालत मा काम गरेका थिए । उनको फिल्म  ‘लक्ष्मीची पावले’ ब्लकबस्टर भएको थियो ।  सन् २०१५ मा उनले फिल्म ‘के राव तुम्ही’ बाट कमब्याक गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?