मुम्बई । अभिनेता सलमान खानले नयाँ फिल्म ‘सिकन्दर’ निमार्ण गर्ने घोषणा गरेका छन् । इदको अवसर पारेर उनले बिहीबार उक्त फिल्म घोषणा गरेका हुन् ।
फिल्मको पोस्टर शेयर गर्दै सलमानले भनेका छन्, ‘यो इदमा ‘बडे मियाँ छोटे मियाँ’ र ‘मैदान’ हेर्नुहोस् । आउँदो इदमा ‘सिकन्दर’बाट भेट हुनेछ ।’
फिल्मका निर्माता साजिद नाडियाडवाल हुन् । भने उक्त फिल्मको निर्देशन साउथका चर्चित निर्देशक एआर मुरुगदासले गर्ने बताइएको छ । मरुदासले यस अगाडि ‘गजनी’, ‘होलीडे’ र ‘अकीरा’ निर्देशन गरिसकेका छन् ।
सलमान र निर्माता साजिदले १९९६ मा रिलिज फिल्म ‘जीत’मा पहिलो पटक काम गरेका थिए । फिल्ममा सलमानको अलवा सनी देओल, करिस्मा कपुरलगायतको अभिनय थियो । त्यसपनि सलमानले साजिदको ‘जुडुवा’, ‘मुझसे सादी करोगी’ र ‘किक’ जस्ता हिट फिल्ममा काम गरेका थिए ।








प्राध्यापक अम्वीर पाण्डेको निधन
फिफा अध्यक्षमाथि अर्को दबाब
पाँच हजार म्याचको ऐतिहासिक माइलस्टोन
एसियाडमा करातेबाट पदकको आशा
क्यापिटल क्वीन नेपाल-२०२६ को उपाधि
ब्रोड पिकका दिवंगत आरोहीको सम्झनामा