यस्तो छ- आजको विदेशी मुद्राको विनिमय दर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३० रूपैयाँ ९० पैसा र बिक्री दर १३१ रूपैयाँ ५० पैसा रहेको छ। युरो एकको खरिद दर १४५ रूपैयाँ ०६ पैसा र बिक्री दर १४५ रूपैयाँ ७३ पैसा रहेको छ।

हिजो डलरको खरिद दर १३० रूपैयाँ ७० पैसा र बिक्री दर १३१ रूपैयाँ ३० पैसा रहेको थियो। युरो एकको खरिद दर १४४ रूपैयाँ ३७ पैसा र बिक्री दर १४५ रूपैयाँ ०३ पैसा रहेको थियो।

यस्तै, अस्ट्रेलियन डलर एकको खरिद दर ८८.४८ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.८८ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५५ पैसा रहेको छ।

यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ १२ पैसा र बिक्री दर १६९ रूपैयाँ ८९ पैसा रहेको छ।

दक्षिण केरीया १०० को खरिदमा १० रूपैयाँ २७ पैसा र बिक्रीदर १० रूपैयाँ ३१ पैसा रहेको छ।

त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९३ पैसा र बिक्री दर ३६ रूपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी रियाल एकको खरिद दर ३४।९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.७७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.९० रुपैयाँ रहेको छ।

यसैगरी, कुवेत दिनार १ को खरिदमूल्य ४२६.५५ पैसा विक्रीदर ४२८.५१ पैसा रहेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?