एसबिआई बैंक र एमडब्लुबीच सम्झौता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल एसबिआई बैंक र एमएडब्लु भृद्धि अटोकर्प प्रालि(एमभिएपिएल, एमएडब्लु भृद्धि कमर्सियल भेइकल्स प्रालि(एमभिसिभिपिएल)बीच सम्झौता भएको छ । सम्झौता बैंकका प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल र बिक्रेता कम्पनीतर्फबाट तुसार जयप्रकाश गुप्ता, प्रसन्न पन्तले हस्ताक्षर गर्नुभएको हो ।

सो अवसरमा बैंकका कर्पोरेट क्रेडिट प्रमुख विनोद अधिकारी, रिटेल एण्ड एसएमई प्रमुख प्रवीण भट्टराई र कम्पनीका प्रतिनिधिहरूको उपस्थिति थियो । सम्झौताको उद्देश्य बैंकको हायर पर्चेज योजनाअन्तर्गत सवारीसाधनको फाइनान्सिङ सहज बनाउनु रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?