हाम्रो आन्दोलनका लागि परिस्थिति झनै अनुकुल बन्दै आएको छ : अध्यक्ष लिङदेन

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आन्दोलनका लागि परिस्थिति झनै अनुकुल बन्दै गएको बताउनुभएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालयमा आगामी आन्दोलनका बारेमा प्रशिक्षण दिने क्रममा सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले राप्रपाले आन्दोलन शुरु गरेदेखि अहिलेसम्म आइपुग्दा परिस्थिति झन भन्दा झन आफूहरुको लागि अनुकुल बन्दै आएको बताउनु भयो । उहाँले अहिले आन्दोलनका लागि ठिक वातावरण बनेको बताउनु भयो । उहाँले अहिलेको व्यवस्था नै असफल भइसकेको दाबी गर्दै यो व्यवस्था रहेसम्म सुशासन, विकास र समृद्धिको कल्पना गर्न नसकिने बताउनु भयो । उहाँले राप्रपाको व्यवस्था परिवर्तन मुल मुद्दा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले आन्दोलनको शुरुवता गर्‍यौँ, त्यस बेलादेखि यहाँ आइपुग्दासम्म परिस्थिति झन भन्दा झन हाम्रो लागि अनुकुल बन्दै आएको छ । आन्दोलनका लागि ठिक वातावरण बनेको छ । हामीले भनेका थियौँ की, अहिले नेतृत्व मात्रै होइन, व्यवस्था नै असफल भइसक्यो मान्छे फेरेर मात्रामा फरक पर्ला, अलि राम्रो मान्छे भयो भने अलि राम्रो होला । तर यो व्यवस्था नै त्यस्तो छ की यो व्यवस्था रहेसम्म हामीले सुशासन, विकास र समृद्धिको कल्पना गर्न सक्दैनौँ । त्यसकारण अब समस्या व्यक्तिमा मात्र होइन, नेतृत्वमा मात्रै होइन, व्यवस्थामै भएको हुनोल व्यक्ति परिवर्तन गौण हो, व्यवस्था परिवर्तन मुल मुद्दा हो भनेका थियौँ । त्यो अहिले देखिएको छ । यो व्यवस्था रहेसम्म देशमा जे भइरहेको छ, त्यस्तो भइरहन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाएको मुद्दा ठिक रहेछ भन्ने जनतालाई लागेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भनेका कुरा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताका पक्षधरहरुले प्रमाणित गरिदिएका छन् ।’

अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाएको मुद्दा ठिक रहेछन् भन्नेकुरा जनतालाई लागेको बताउनु भयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीले भनेका कुरा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताका पक्षधरहरुले प्रमाणित गरिदिएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?