डलरको भाउ पुनः बढ्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति छ ?

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि बिदेशी मुद्राको बिनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, आज एक डलरको विनिमय दर खरिद दर १३३.१५ र बिक्रि दर १३३.७५ रुपैयाँ रहेको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ५२ पैसा र बिक्री दर १४४ रुपैयाँ १६ पैसा कायम गरिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७४ पैसा र बिक्री दर १६७ रुपैयाँ ५० पैसाले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८७.२५ रुपैयाँ र बिक्री दर ८७.६५ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४३ पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १४ पैसा र बिक्रीदर ९ रुपैयाँ १८ पैसामा कारोबार हुदाँ दक्षिण कोरियाली वन १०० को खरिदमा १० रूपैयाँ ०९ पैसा र बिक्री दर १० रूपैयाँ १४ पैसामा खरिदबिक्री गर्न सकिनेछ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.५० रुपैयाँ र बिक्री दर ३५.६६ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.२९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४२ रुपैयाँमा कारोबार गरिनेछ ।

साथै, कुवेती दिनार १ को खरिद मूल्य ४३१.८७ पैसा र विक्रीदर ४३३.८२ पैसामा कारोबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?