
एजेन्सी । नोमन अलीले आठ विकेटको उत्कृष्ट बलिङ गरेपछि पाकिस्तानले दोस्रो टेष्टमा शुक्रबार इंग्ल्याण्डलाई ठूलो अन्तरले पराजित गरेको छ । मुल्तानमा भएको टेस्टको चौथो दिन पाकिस्तान १५२ रनले विजयी भएको हो ।
घरेलु टिमको यस जितसँगै तीन टेस्टको सिरिज एक–एक को बराबरीमा रहृयो । जितका लागि इंग्ल्याण्डले आफ्नो दोस्रो इनिङ्समा २९७ रनको लक्ष्य पाएकोमा १४४ रन मात्र बनाएर अलआउट भयो । इंग्ल्याण्डका लागि कप्तान बेन स्टोक्सले सर्वाधिक ३७ रन बनाउनुभयो ।
पाकिस्तानका तर्फबाट नोमनले ४६ रन खर्चेर आठ विकेट लिनुभएको थियो । यसअघि घरेलु टिमले आफ्नो दोस्रो इनिङ २२१ रन बनाएपछि इंग्ल्याण्डसामु चुनौतीपूर्ण लक्ष्य तयार भएको थियो । यसअघि पाकिस्तानले ३६६ र इंग्ल्याण्डले २९१ रन बनाएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच