भोजपुर । भोजपुरको दक्षिण हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटारमा पर्यटन प्रवर्द्धनको लागि बृहत्त हतुवागढी महोत्सव सुरु भएको छ । महोत्सवको पूर्व मुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले उद्घाटन गर्नुभयो ।
आगामी कार्तिक १७ गतेसम्म चल्ने महोत्सवले पर्यटनसँगै स्थानीय जातजातीको संस्कार संस्कृतिको प्रचारप्रसारमा पनि मद्दत मिल्नेछ । ‘समतामुलक समाज र समुन्नत हतुवागढी, कृषि, उद्धम,पर्यटन र प्रबिधी’ भन्ने मुल नाराका साथ हतुवागढी गाउँपालिकाको ३० लाख प्रायोजन तथा उद्योग बाणिज्य संघ घोडेटारको आयोजनामा महोत्सव सञ्चालन भएको हो ।
महोत्सवको अवसरमा बिभिन्न कार्यक्रमसहित एक सय ५३ मिटर उचाईमा रहेको जिल्लाको सवैभन्दा होचो स्थल माइबेँनीबाट हतुवागढीको एक हजार आठ सय ६५ मिटर उचाई रहेको सवै भन्दा अग्लो स्थान संखाम जोर आहाल हुँदै घोडेटार बजारसम्म करिव २६ किलोमिटर दौड प्रतियोगितासमेत संचालन हुने आयोजकले जनाएको छ । पर्यटन क्षेत्रको प्रवर्द्धनको लागि दौड प्रतियोगिता संचालन गर्न लागिएको छ ।
भाषा, भेषभुषा, रैथाने संस्कार संस्कृतिहरुको संरक्षण गर्दै पर्यटन, रोजगार, स्थानीय उत्पादन तथा ब्यवसायको प्रवर्द्धनमासमेत महोत्सवले सहयोग गर्ने हतुवागढी गाउँपालिका अध्यक्ष प्रेम कुमार राईले बताउनुभयो । “पर्यटनको विकाससँगै हतुवागढी क्षेत्रको प्रचार प्रसारमासमेत यो महोत्सवले टेवा पुग्ने भएर हामीले महोत्सवको आयोजना गरेका हौ”, गाउँपालिका अध्यक्ष राईले भन्नुभयो । महोत्सवको अवसरमा कृषि प्रदर्शनीसमेत हुने छ ।
स्थानीय संस्कार,संस्कृतिको संरक्षणको लागि मारुनी, स्यामुना सिली, लाखे नाच, हुर्रा नाच, डम्फु नाचलगायतको प्रर्दशनी हुने छ भने राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुतिहरु रहने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच