काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले देशका केही ठूला सहरमा स्वतन्त्र उम्मेदवार अघि बढेको कुरालाई लिएर पार्टीहरू असफल भए भन्ने निस्कर्ष निकाल्न नसकिने बताउनु भएको छ ।
‘केही अपवाद जहिले पनि हुन्छ निर्वाचनमा । यतिधेरै स्थानीय तहहरु छन् । केही अपवादलाई लिएर पार्टीहरु असफल भए, नेपाली कांग्रेस असफल भयो भन्ने निस्कर्षमा पुग्न सकिदैन,’ सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता महतले भन्नुभयो ।
अपवाद काठमाडौं महानगरपालिकामा पनि देखिएको उहाँले जनाउनु भयाे । काठमाडौं महानगरपालिकाको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साह नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारभन्दा निकै अगाडी रहनु भएको छ ।
धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी बनिसक्नुभयाे । धनगढी उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवार विजयी बन्नुभएकाे छ । जनकपुर उपमहानगरपालिकामा पार्टीका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवार निकै अगाडि छन् ।
‘के काराणले दलहरुसीत असन्तुष्ट छन्, खासगरी युवापुस्ता किन असन्तुष्ट छन् । उहाँहरुको भावनाहरु कसरी पार्टीले सम्बोधन गर्नुपर्छ । के कुराले उहाँहरुलाई बिझाइरहेको छ । कांग्रेस गतिशिल पार्टी हो, हामीले अनुभवबाट सिक्छौं । सिक्न र पाठ लिन कांग्रेस कहिल्यै चुक्दैन,’ प्रवक्ता महतले भन्नुभयो ।
स्वतन्त्र उम्मेदवार अघि बढेको कुरालाई नेपाली कांग्रेसले नोटिसमा लिएको उहाँले जनाउनु भयो । कहाँ-कहाँ कमजोरी भए निर्वाचनको सम्पूर्ण परिणाम आएपछि समिक्षा गरिने उहाँले बताउनु भयो ।







चोलुङ पार्कमा सिरिजङ्गा पाण्डुलिपि विज्ञानालय
वीरगन्जमा ट्याङ्करबाट तेल चोरी गर्दै
स्कुटर यात्रामा बेहोस भएका युवकको
वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा
बिलिङ संस्कारको विकास गर्न ‘नेशनल
मकवानपुरमा पाँच वर्षमा ४२ जनाको