युक्रेनी अन्न बोकेको जहाज टर्कीको बोस्फोरस स्ट्रेट पुग्यो

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । युक्रेनी अन्न बोकेको पहिलो कार्गो जहाज बिहीवार अस्थायी मानवीय कोरिडोरको प्रयोग गरी टर्कीको बोस्फोरस स्ट्रेट पुगेको छ ।

रेजिलियन्ट अफ्रिका नामक जहाज टर्कीको बोस्फोरस स्ट्रेटको ब्ल्याक सी प्रवेशद्वारमा सरियर जिल्लामा पुगेको बताइएको हो । जहाज पछि इजरायल हुँदै स्ट्रेट पार गर्नेछ । युक्रेनले अगस्टमा एक मानवीय करिडोर घोषणा गरेको थियो ।

रुसले संयुक्त राष्ट्रसँग गरेको अन्न सम्झौता फिर्ता लिएपछि अन्न ढुवानीलाई अनुमति दिइएको थियो । रुस र युक्रेनले जुलाई २०२२ मा इस्तानाबुलमा ब्ल्याक सी ग्रेन इनिसिएटिभमा अलग अलग हस्ताक्षर गरेका थिए ।

जसले युक्रेनलाई यसको कालो सागर बन्दरगाहबाट आफ्नो अन्न र अन्य कृषि उत्पादनहरु निर्यात गर्न अनुमति दिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?