यस्तो छ- आजको विदेशी मुद्राको विनिमय दर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ २५ पैसा र बिक्री दर १३२ रूपैयाँ ८५ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ६९ पैसा र बिक्री दर १४५ रूपैयाँ ३५ पैसा रहेको छ। हिजो अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा कायम हुदाँ युरो एकको खरिद दर १४४ रूपैयाँ ४१ पैसा र बिक्री दर १४५ रूपैयाँ ०६ पैसामा किनबेच गरिएको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ ९६ पैसा र बिक्री दर १६७ रूपैयाँ ७२ पैसा पुग्दा अस्ट्रेलियन डलर एकको खरिद दर ८६.६८ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.७ रुपैयाँमा तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३७ पैसामा खरिदबिक्री हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा तथा दक्षिण कोरीया १०० को खरिदमा १० रूपैयाँ ९ पैसा र बिक्रीदर १० रूपैयाँ १४ पैसा कायम हुदाँ खाडी मुलुकका राष्ट्रको मुल्य भने बढेको छ ।

जसअनुसार कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३१ पैसा र बिक्री दर ३६ रूपैयाँ ४७ पैसा कायम भएको जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.२५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४१ रुपैयाँमा, मलेसियन रिंगिट एकको खरिद दर २९.३ रुपैयाँ रहेको छ भने बिक्री दर २९.१७ रुपैयाँमा तथा कुवेती दिनार १ को खरिदमूल्य ४२८९.८७ पैसा विक्रीदर ४३१.८२ पैसामा कारोबार गर्ने अनुमति दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?