काठमाडौं । नेपाली राष्ट्रिय टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त हुनुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार उहाँलाई अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको हो । भदौ ११ र १२ गते बसेको एन्फा कार्यसमिति बैठकले इटालियन प्रशिक्षक अल्बर्टो भिन्सिन्जो एनिससँग सम्झौता थप नगर्ने निर्णय गरेपछि नेपाली टोली प्रशिक्षकविहीन थियो ।
उक्त निर्णयसँगै एन्फाले भदौ ३१ गते सूचना जारी गर्दै मुख्य प्रशिक्षकका लागि खुला दर्खास्त आहृवान गरेको थियो । तर, अहिलेसम्म एन्फाले प्रशिक्षकको निर्णय गर्न सकेको छैन । त्यसैले फिफा विन्डोअन्तर्गतको खेलका लागि न्यौपानेलाई प्रशिक्षकको जिम्मेवारी सुम्पिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो ।
एसियाली विश्वकप छनोटको मार्चमा हुने खेलका लागि भने एन्फाले प्रो-लाइसेन्सधारी पूर्णकालीन प्रशिक्षक नियुक्त गर्नुपर्नेछ । तर, एन्फा हेड अफ एकेडेमीको जिम्मेवारी सम्हाल्दै आउनुभएका न्यौपानेसँग भने उक्त लाइसेन्स छैन । एनिसले सन् २०२३ मार्चमा नेपाली टोली सम्हाल्नुभएको थियो । उहाँको कार्यकालमा नेपालले थ्री नेसन्स कप, साफ च्याम्पियनसिप, विश्वकप छनोट र मैत्रीपूर्ण गरी १६ खेल खेलेको थियो । नेपालले जम्मा चार खेलमा मात्र जित हात पारेको थियो । तीन खेल बराबरी खेल्दा १० मा पराजय बेहोरेको थियो ।
न्यौपानेको प्रशिक्षणमा नेपालले नोभेम्बरमा घरेलु टोली ताजिकिस्तानविरुद्धको मैत्रीपूर्ण खेल खेल्नेछ । तर, मिति भने तय नभइसकेको उहाँले बताउनुभयो । ताजिकिस्तान विश्व वरीयतामा नेपालभन्दा ७३औँ स्थान माथि रहेको टोली हो । विश्व वरीयतामा ताजिकिस्तान १०३औँ स्थानमा छ । नेपाल भने १७६औँ स्थानमा छ ।
नेपालले यसअघिका दुई फिफा विन्डो गुमाएको थियो । नेपालले अन्तिमपल्ट जुन ११ मा विश्वकप छनोटअन्तर्गत दमाममा यमनसँग प्रतिस्पर्धा गरेको थियो । त्यसयता यो टोली मैदान नउत्रिएको चार महिना भइसकेको छ । अन्तरिम प्रशिक्षक नियुक्त भएसँगै न्यौपानेले सोमबार नै ३६ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउनुभएको छ ।
न्यौपानेलाई सहायक प्रशिक्षक चेतन घिमिरेले सहयोग गर्नुहुनेछ । यस्तै, गोलकिपिङ प्रशिक्षकमा नवीन महर्जन नियुक्त हुनुभएको छ । नवीन न्यौपानेको प्रशिक्षणमा नेपालले नोभेम्बरमा घरेलु टोली ताजिकिस्तानविरुद्धको मैत्रीपूर्ण खेल खेल्नेछ । तर, मिति भने तय भइसकेको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच