
काठमाडौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सन् २०२४ मा विश्वको आर्थिक वृद्धिदर ३.२ प्रतिशत रहने प्रक्षेपण गरेको छ । वासिङ्टनमा कोष र विश्व बैंकको वार्षिक बैठकमा मंगलबार वल्र्ड इकोनोमिक आउटलुक सार्वजनिक गर्दै आइएमएफले सन् २०२५ मा पनि विश्वको आर्थिक वृद्धिदर ३.२ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको हो ।
सन् २०२४ मा विकसित देशको आर्थिक वृद्धिदर १.८, उदीयमान देशको आर्थिक वृद्धिदर ४.२, एसियन देशको वृद्धिदर ४.५ र युरोपियन युनियनको वृद्धिदर १.१ प्रतिशत रहने आउटलुकमा उल्लेख छ । सन् २०२४ मा ३.१ प्रतिशतले वृद्धि हुने विश्व व्यापार आगामी वर्ष ३.४ प्रतिशतले बढ्ने आइएमएफले जनाएको छ । सन् २०२४ मा जैविक इन्धनको मूल्य ०.९ प्रतिशतले बढे पनि सन् २०२५ मा इन्धनको मूल्य १०.४ प्रतिशतले घट्ने बताइएको छ ।
सन् २०२३ मा प्रतिब्यारेल ८०.५९ अमेरिकी डलर रहेको इन्धनको मूल्य सन् २०२४ मा ८१.२९ अमेरिकी डलर पुग्ने तथा सन् २०२५ मा मूल्य घटेर प्रतिब्यारेल ७२.८४ डलर पुग्ने आइएमएफको अनुमान छ । इन्धन मूल्य घट्दा आगामी वर्ष महँगी ४.३ प्रतिशतमा सीमित हुने र सन् २०२४ मा महँगी ५.८ प्रतिशतले बढ्ने अनुमान छ । यस वर्ष सम्पन्न देशहरूमा २.६ प्रतिशतले महँगी बढ्दा उदयीमान देशमा ७.९ प्रतिशत बढ्ने र आगामी वर्ष सन् २०२५ मा समेत महँगी सम्पन्न देशमा दुई प्रतिशतले बढ्दा उदयीमान देशमा ५.९ प्रतिशतले बढ्ने आइएमएफको प्रक्षेपण छ ।
सन् २०२४ मा भारतको आर्थिक वृद्धिदर अन्य देशको तुलनामा बढी छ । सन् २०२३ मा ८.२ प्रतिशतको वृद्धिदर रहेकोमा सन् २०२४ मा सात प्रतिशत हुने बताइएको छ । सन् २०२५ मा भने भारतको आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुनेछ । सन् २०२४ मा सम्पन्न देशमध्ये अमेरिकाको आर्थिक वृद्धि २.८, जर्मनी शून्य, फ्रान्स १.१, बेलायत १.५, क्यानडा २.४, चीन ४.८, रसिया ३.६, ब्राजिलको ३ प्रतिशत वृद्धिदर रहने उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच