काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आइसिआइसिआई बैंक क्यानडाबीच विभिन्न बैंकिङ सेवासम्बन्धी सहकार्यका लागि सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र आइसिआइसिआई बैंक क्यानडाका व्यवसाय प्रमुख हिमादर मडीपत्लाले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौतासँगै नेपालबाट अध्ययनका लागि क्यानडा जाने विद्यार्थी, स्थायीरूपमा क्यानडा बसाइँ सरी जाने आप्रवासी तथा फेडरल स्किल्ड वर्करले आइसिआइसिआई बैंक क्यानडाको विभिन्न बंैकिङ सेवा तथा क्यानडाबाट नेपालमा रेमिट्यान्स पठाउन/प्राप्त गर्न सहज हुनेछ ।
आइसिआइसिआई बैंक क्यानडामा भारतको निजी क्षेत्रको अग्रणी बैंक आइसिआइसिआई बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी हो । आइसिआइसिआई बैंक क्यानडाले क्यानडा बैंकिङ ऐनअन्तर्गत त्यहाँका धेरैजसो राज्य र क्षेत्रमा प्रत्यक्ष सेवा प्रदायकका रूपमा कारोबार गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकका ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजारभन्दा बढी सेवा केन्द्र रहेका छन् ।
बैंकले अमेरिका, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच