काठमाडौं । अमेरिकाको मोरिल्यान्ड बाल्टिमोरमा ‘किड्स ट्यालेन्ट शो’ सम्पन्न भएको छ । बाल्टिमोरमा आयोजित ‘किड्स ट्यालेन्ट शो’मा २६ बालबालिकाले भाग लिएका थिए । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) मेरिल्याण्डको वार्षिकोत्सव तथा बालप्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न भएको हो । १७ वर्षमुनिका नानीबाबुलाई अतिथि बनाएर गरिएको यस्तो शैलीको कार्यक्रम अमेरिकी डायस्पोरामा पहिलो हो ।
संस्थाका अध्यक्ष लक्ष्मण पौडेल र संयोजक शान्ति भण्डारीले प्रतियोगितामा असुना छन्त्याल पहिलो, कृपा ढकाल दोस्रो र सिर्जिता तामाङ तेस्रो भएको जानकारी गराउनुभयो । कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका प्रसिद्ध कलाकारको पनि सहभागिता थियो । अभिनेतृ सारंगा श्रेष्ठ, अरूणिमा लम्साल, उषा पौडेल, गायिका सरिश्मा अमात्य, संगीतकर्मी कमल सौरागलगायत सहभागी हुनुहुन्थ्यो ।
निर्णायकमा चलचित्र निर्देशक तथा इनास अमेरिकाका महासचिव एवं प्रवक्ता गोपालचन्द्र लामिछाने र ओकिली ब्यान्डका गायक सृजन ताम्राकार रहनुभएको थियो । प्रमुख अतिथिमा इनास अमेरिल्यान्डका सल्लाहकार, समाजसेवी तथा प्रमुख प्रायोजक अमर छन्त्याल रहनुभएको थियो । सो अवसरमा वार्षिक सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भएको थियो । सांस्कृतिक कार्यक्रममा मेरिल्याण्ड राज्यका सांसद हृयारी भण्डारी पनि हुनुहुन्थ्यो । कार्यक्रममा गायकगायिकाले गीत र नृत्य प्रस्तुत गरेका थिए ।
कमल सौराग, प्रवेश पौडेल, श्याम गुरुङ, कन्हैयासिंह परियार, अञ्जना गुरुङ, आभा मुकारुङ, याम क्षेत्री, शान्ति भण्डारी, कल्पना देवकोटा, लक्ष्मण पौडेल, राजु ढुंगेल, उदय भट्टराई, राजेश खड्गी, अमृत रामदाम, स्वरूपा रसाइली, खिम मस्रांगी, सुजन रामदाम, माधवी भण्डारी, रवि पौडेल, रमेश परियार, रमेश सुनुवार, विराज रामदाम लगायतले प्रस्तुति दिनुभएको थियो ।
कार्यक्रममा इनास अमेरिकाका अध्यक्ष तथा अभिनेता राहुल केसी, इनास पेन्सिलभेनियाका विकास घलेको पनि उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच