काठमाडौं । लेमिनार टायल्सको उत्पादक कम्पनी लुम्बिनी सेरामिक्स लिमिटेडले आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ । शतप्रतिशत भिट्रिफाइड टायल ब्राण्ड लेमिनार उत्पादनमा आएको केही हप्तामै आइएसओ प्रमाणपत्र प्राप्त गर्ने राष्ट्रकै सम्भवतः पहिलो कम्पनी बन्न सफल भएको कम्पनीको भनाइ छ ।
लुम्बिनी सेरामिक्सले गुणस्तरीय व्यवस्थापन प्रणालीका लागि आइएसओ ९००१ः२०१५, वातावरणीय व्यवस्थापन प्रणालीका लागि आइएसओ १४००१ः२०१५ र व्यावसायिक स्वास्थ्य र सुरक्षा व्यवस्थापन प्रणालीका लागि आइएसओ ४५००१ः२०१८ गरी तीनवटा विधामा प्रमाणपत्र प्राप्त गरेको हो । कम्पनीका अनुसार बलियो र चुस्त व्यवस्थापन अभ्यास, कर्पोरेट सुशासन र अन्तर्राष्ट्रियरूपमा प्रचलित उत्पादनको सिद्धान्त एवं मान्यता अंगिकार गरी नेपाललाई विश्वव्यापी उत्पादन अभ्यासको मापदण्डमा उभ्याउने उद्देश्यले लुम्बिनी सेरामिक्सको स्थापना भएको हो ।
कम्पनीका प्रबन्ध निर्देशक आशुतोस खेतानले भन्नुभयो, ‘यो उपलब्धि हाम्रो कम्पनीका लागि एक महत्वपूर्ण कोशेढुंगा साबित भएको छ, जसले कार्यसञ्चालनको सम्पूर्ण पक्ष र आयामहरूमा उत्कृष्टताको अभ्यास हासिल गर्ने हाम्रो दरिलो प्रतिबद्धतालाई समर्थन गरेको छ । गुणस्तरीय वस्तुहरू उत्पादन र वितरण सुनिश्चित गर्न हामी निरन्तररूपमा गुणस्तर नियन्त्रण र व्यवस्थापन प्रक्रिया थप मजबुत बनाउँदै लैजाने छौँ ।’ बर्दियाको गुलरियास्थित युरोपेली गुणस्तरको अत्याधुनिक प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्सको उत्पादन हुँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच